बिर्जु राई: स्वावलम्बी जीवनको संघर्ष र सफलता
बिर्जु राई, एक साधारण किसानका छोरा ,
तर उनको जीवनको कथा साधारणभन्दा निकै विशेष छ।
बिर्जु वर्षौंदेखि बाँसको हस्तकलामा लागीपर्दै आयका छन्। उनले यो कला केवल जीविकोपार्जनको साधन मात्र बनाएनन आफ्नो पहिचानको रूपमा पनि विकसित गरे।
सुरुवाती दिनमा बिर्जुको परिवारलाई खेतबारीमा ज्याला मजदुरी गरेर गुजारा गर्नुपथ्र्यो।
तर, उनले सँधै सोच्थे कि आफ्नो जीवनमा केही विशेष गर्नुपर्छ। एसएलसीको परीक्षा दिएर अनुत्तीर्ण भए पछि, उनले बाँसको हस्तकला सिक्न थाले हाल उनीले बाँसको सामग्री निर्माणमा पीएचडी नै गरे भन्दा पनि फरक पर्दैन त्यति अब्बल छन् उनी । हालसम्म उनले ३०० भन्दा बढी व्यक्तिहरूलाई प्रशिक्षण दिएका छन् ।
‘उनकाे प्रेम विवाह भएकाे थियाे रे । विवाह भन्दा अगाडि अन्य ईलम केही पनि नभएको उनी बताउँछन् । घरायसी अवस्था पनि कमजाेर थियाे रे । कुनै समय मानिसहरुले नबुझ्दा याे बास काट्ने पनि भने रे । तर पनि उनकाे विवाह सफल भयाे । असाध्यै मेहनति स्वभाव भएका बिर्जु आफ्नाे काम प्रति हटि पनि छन् । मुना मदनमा भनिएकाे छनि ,” हातकाे मैला सुनकाे थैला के गर्नु धनले साग र सिस्नु खाएकाे बेस आन्नदि मनले” । भने झै उनी पनि सामान्य जीवन बिताउन रुचाउँछन् ।,
हेटौडा ६ चौघडा निवासी बिर्जु आज एक सफल व्यवसायी बनेका छन्। उनले आफ्नो मेहनतले खरिद गरेको घरमा परिवारसँग खुशीपूर्वक बस्छन्। उनका दुई सन्तान छन्—एक छोरी, जो कक्षा १२ मा अध्ययनरत छिन्, र एक छोरा, जो कक्षा चारमा पढ़ाइ गर्दैछ। उनीहरूका लागि एक उज्ज्वल भविष्यको सपना देख्ने बिर्जु, आफ्नो परिवारको सुख-दुखमा सदैव खटिएका छन्।
बिर्जु विभिन्न शहरहरूमा जाँदै हस्तकला सामग्रीहरू बेच्न सक्षम भएका छन्। काठमाडौँ, पोखरा, र हेटौडामा उनको कामको प्रशंसा हुने गरेको छ। उनले यो कामबाट राम्रो आम्दानी गरिरहेको बताएका छन्, जसले उनका परिवारका लागि सहज जीवन यापन गरिराखेका छन्।
उनको जीवनमा विदेश जानका लागि कुनै इच्छा छैन। बिर्जुले गर्वका साथ भन्छन्, “विदेशमा अरुको लागि दुःख गर्नुपर्छ, जब म आफ्नै देशमा, आफ्नै परिवारसँग सुखपूर्वक बाँच्न सक्छु?” यसमा उनी उनकी पत्नीको समर्थनलाई पनि महत्व दिन्छन्। उनले भने, “मेरो श्रीमतीले मेरो पेसामा सधैं साथ दिएकी छन् र हामी सँगै यो यात्रामा अगाडि बढिरहेका छौं।”
गर्ने मन भए के हुदैन र ? मन शान्त हुनु पर्छ ।” विदेशीनु रहर हाेईन बाध्यता हाे “। याे शब्द जताततै सुन्न पाईन्छ ।
तर अहिले ती शब्दहरु उखान टुक्का झै बिलिन हुँदै छन् । आफ्नाे सास्कृति झल्काउने माैलिकताकाे नास हुँदै गई रहदा कसैकाे यसप्रति चासाे देखिएन । भन्न त भन्छन् काम कुनै सानाे ठुलाे हुदैन । तर त्यो केबल शब्दमा मात्र सिमित छन् ।
बिर्जु राईले कठिनाइलाई पार गर्दै, स्वावलम्बनको मार्गमा अडिग भएर आफूलाई सफलताको शिखरमा पुर्याएका छन्। संघर्ष र मेहनतले मात्र सफलता ल्याउँछ र सङ्घर्ष गर्न सके स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने भनाइको ज्वलन्त उदाहरण बनेका छन् बिर्जु राई
यसरी स्वदेशमै केही गर्नुपर्छ र आफ्नो जवानी देशकै लागि खर्चिनुपर्छ भन्ने युवाहरूका लागि सम्बन्धित निकायले होस्टेमा हैसे गर्न सकेको खण्डमा देश समृद्ध बन्ने निश्चित छ।