नेपालले आज श्रीलङ्कासँग खेल्दै

संवाददाता
२०८१ कार्तिक ८, बिहीबार ०८:३४

काठमाडौं । साफ महिला च्याम्पियनशिपको समूह चरणको अन्तिम खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ ।

यसअघि आजै दिउँसो साढे १ बजे माल्दिभ्स र भुटान पनि खेल्दैछन् । यसअघि मङ्गलवार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले पराजित गरेको थियो । नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ । यसैबीच, पाँच पटकको विजेता भारतलाई पराजित गर्दै बङ्गलादेश साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हिजो बेलुका भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराएर बङ्गलादेश समूह एको शीर्षमा रहँदै सेमिफाइनलमा पुगेको हो । हिजोको खेलमा पराजित भए पनि भारत समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । पाकिस्तान भने समूह चरणबाटै बाहिरिएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*