रवि लामिछानेलाई म्याद थपको लागि आज कास्की जिल्ला अदालत लगिँदै

संवाददाता
२०८१ कार्तिक ८, बिहीबार ०८:३०

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई म्याद थपको लागि आज कास्की जिल्ला अदालत लगिँदै छ । पूर्व उपप्रधानमन्त्री एवं गोर्खा मिडियाका पूर्वसञ्चालक रवि लामिछानेको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थपको अनुमतिका लागि आज कास्की जिल्ला अदालत लगन लागेको हो ।

लामिछानेसँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ । लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिने कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनु भयो । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बुधबारसम्म लामिछानेसँगको बयान नसकिएको बताइन्। उनले अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले बयान दोस्रो प्राथमिकतामा पर्ने उल्लेख गर्नु भयो ।

लामिछानेलाई प्रहरीले कात्तिक २ मा काठमाडौंबाट पक्राउ गरेको हो। सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ पर्नु भएका लिला पछाईंलाई समेत म्याद थपका लागि आजै अदालत लगिँदै छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*