साफ महिला च्याम्पियनसिपमा आज बंगलादेश र भारत भिड्दैं

संवाददाता
२०८१ कार्तिक ७, बुधबार ०८:५०

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा आज समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतको सामना गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।

भारत यसअघघि नै समूह ए बाट सेमिफाइनल पुगिसकेको छ । आजको खेलपछि यस समूहबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।
भारतले च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानलाई ५-२ ले पराजित गरेको थियो । त्यसपछि बंगलादेश र पाकिस्तानले १-१ गोलको बराबरी खेले । यस खेलको नतिजाले भारतलाई एक खेल अगावै सेमिफाइनलमा पुर्‍याएको हो ।

बंगलादेशको लागि सेमिफाइनल पुग्न भारतसँग हार टारे पुग्नेछ । भारत जित वा बराबरीले समूह विजेता बन्नेछ । यही बंगलादेश विजयी भए बंगलादेश समूह विजेता र भारत समूह उपविजेताको रुपमा सेमिफाइनल पुग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*