नेपालले माल्दिभ्सलाई ११ गोलले हरायो

संवाददाता
२०८१ कार्तिक ६, मंगलवार ०८:५२

काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा आयोजक नेपालले माल्दिभ्सलाई ११–० गोलले हरायो ।

नेपालको जीतमा रेखा पौडेलले ५, प्रीति राईले ह्याट्रिक तथा सबिता राना मगर, अमिशा कार्की र अनिता केसीले १/१ गोल गरे । यो जीतसँगै नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ । नेपालले २ खेलमा ४ अङ्क जोडेको छ ।

नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । यस्तै भुटान ४ अङ्कसहित दोस्रो, श्रीलङ्का ३ अङ्कसहित तेस्रो र माल्दिभ्स अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*