महिला टी–२० विश्वकपको उपाधि न्युजिल्याण्डले जित्यो

संवाददाता
२०८१ कार्तिक ५, सोमबार ०८:४९

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकपको उपाधि न्युजिल्याण्डले जितेको छ। फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्ड विजयी भयो।

न्युजिल्याण्डले दिएको १५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाउदै १२६ रन मात्र बनायो। टस हारेर पहिला ब्याटिंग गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै १५८ रन बनाएको थियो। योसँगै न्युजिल्याण्डले पहिलो पटक विश्वकपको उपाधि जितेको छ।

यस अघि महिला टी–२० विश्वकपको उपाधि अस्ट्रेलियाले ६ पटक तथा इङल्याण्ड र वेस्ट इन्डिजले एक एक पटक जितेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*