बैंक र अन्य वित्तीय लक्ष्यहरूमा आक्रमण गर्ने इजरायलको नयाँ चेतावनी

संवाददाता
२०८१ कार्तिक ५, सोमबार ०८:४६

काठमाडौं । इजरायली सेनाले लेबनानमा बस्ने मानिसहरूका लागि नयाँ चेतावनी जारी गरेको छ। यो नयाँ चेतावनी अनुसार, इजरायलले चाँडै नै लेबनानको राजधानी बेरुतसहित सम्पूर्ण देशका २४ क्षेत्रमा रातभर आक्रमण गर्ने योजना बनाएको हो। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हिजबुल्लाहलाई समर्थन गर्ने बैंक र अन्य वित्तीय लक्ष्यहरूलाई लक्षित गर्ने बताएको छ।

यसै क्रममा इजरायलले बेरुतको दक्षिणी क्षेत्रमा रहेको दाहेह सहरमा आठवटा हवाई हमला गरेको छ । यो ठाउँ हिजबुल्लाहको नियन्त्रणमा छ। लेबनानको सरकारी मिडियाले पनि आक्रमण देशको पूर्वी भागमा भएको बताएको छ। हिजबुल्लाहले पनि आइतबार इजरायली सैन्य लक्ष्यहरूलाई लक्षित गरी रकेट प्रहार गरेको बताएको छ।

आइतबार साँझ आइडीएफका प्रवक्ता ड्यानियल हगारीले हिजबुल्लाहका आतंककारी गतिविधिहरूलाई आर्थिक सहयोग गर्ने आधारहरू नजिक रहेका जो कोहीले पनि तुरुन्तै सो स्थान छाड्नु पर्ने चेतावनी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*