आज बंगलादेश र पाकिस्तान भिड्दैं
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा आज बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
समूह ए मा रहेका यी दुई टोलीबीचको भिडन्तले सेमिफाइनलमा जाने टोलीको टुङ्गो लगाउनेछ। पाकिस्तानले पहिलो खेलमा भारतसँग ५–२ को हार बेहोरेको थियो भने बंगलादेशले पहिलो खेल खेल्दैछ। यो खेलको नतिजाले पाकिस्तानको अन्तिम चारमा जाने या नजाने टुङ्गो लाग्नेछ। बंगलादेशसँग पाकिस्तान पराजित भए प्रतियोगिताबाट बाहिरिने छ।
जसको फाइदा एक खेल अघि नै भारत र बंगलादेशलाई हुने छ। सो नतिजाले उनीहरु सेमिफाइनलमा पुग्नेछन्। यसैगरी जितले पाकिस्तानको संभावना जिवितै रहनेछ भने बराबरीले बंगलादेश र भारतबीचको नतिजा कुर्नुपर्नेछ। साफ महिला च्याम्पियनसिपको इतिहासमा बंगलादेश र पाकिस्तान जम्मा एक पटक मात्र आमनेसामने भएका छन्।