साफ महिला च्याम्पियनसिपमा : नेपाल र भुटान भिड्दैं
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानसँग आफ्नो पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुवात गदैं छ । खेल दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरु हुनेछ । घरेलु मैदानमा नेपाल जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छ ।
यस प्रतियोगिताका लागि नेपाली टोलीले ३ साता अभ्यास गरेको थियो । चयाम्पियनसिपमा हालसम्म प्रभावशाली प्रदर्शन गर्न नसकेको भुटानले यस पटक भने लामो तयारी गरेको छ। पछिल्ला ६ मध्ये पाँच संस्करणको उपविजेता नेपालले च्याम्यिनसिप भने जित्न सकेको छैन। प्रतियोगितामा सबैभन्दा कमजोर प्रदर्शन गर्दै आएको भुटानले गत संस्करण पहिलो जित हात पार्दै सेमिफाइनलसम्म पुगेको थियो।
आजको खेल स्टार फरवार्ड सावित्रा भण्डारी विनानै नेपालले भुटानसँग खेल्न लागेको छ ।