आज पनि मान्यजनका घरमा टीका र जमरा लगाउन जाने क्रम जारी

संवाददाता
२०८१ आश्विन २९, मंगलवार ०८:२९

हेटौंडा । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम निरन्तर छ। यो समय परम्परागत रूपमा आफन्त र नातेदारसँग भेटघाट गर्ने र आशीर्वाद थाप्ने अवसरको रूपमा मनाइन्छ। विशेष गरी विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म टाढा रहेका आफन्त एकअर्कासँग भेट्नका लागि उत्साहित रहन्छन्। टाढा भएका आफन्तजन कहाँ टीका र आशीर्वाद थाप्नका लागि कोजाग्रत पूर्णिमाको दिनसम्म जाने गर्दछन् ।

त्यस्तै दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दैछन् । आश्विनशुक्ल सप्तमी अर्थात् फूलपातीका दिनदेखि हिजो द्वादशीसम्म बन्द रहेका कार्यालय आजदेखि खुल्न लागेका हुन् । आज सरकारी तथा सार्वजनिक कार्यालय खुल्ने भएकाले काठमाण्डौ उपत्यकासहित देशैभरका शहरमा विस्तारै चहलपहल बढन् थालेको छ ।

यस वर्षको कोजाग्रत पूर्णिमा कात्तिक १ गते परेको छ । यस अवसरमा परिवारका सदस्यहरू एकत्रित भएर पूजा आराधना गर्ने, भजन गाउने र मिलेर उत्सव मनाउने परंपरा निरन्तर चलिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*