बीपी राजमार्गमा यातायात एकतर्फी सुचारु

संवाददाता
२०८१ आश्विन २५, शुक्रबार १८:४३

काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा गएको पहिरोले बीपी राजमार्गमा गम्भीर अवरोध सिर्जना गरेको थियो। डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार, पहिरो पन्छाएर सडक एकतर्फी खोलिएको छ।

सडक विभाग र रोशी गाउँपालिकाको सक्रियताले बिहीबार राति ट्र्याक जोडिएपछि सवारी साधन सञ्चालनमा आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*