बीपी राजमार्ग पुनः सञ्चालनमा

संवाददाता
२०८१ आश्विन २५, शुक्रबार १०:३३

काठमाण्डौ । बीपी राजमार्ग आजदेखि सञ्चालनमा आएको छ। असोज १०, ११, र १२ गतेको अविरल वर्षासँगै आएको बाढीले मुख्य मार्ग अवरुद्ध बनाएको थियो। बाढीपहिरोले क्षति पुर्याएपछि अवरुद्ध भएको राज मार्ग संचालनमा आएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव केशव शर्माका अनुसार, आज बिहान ८ बजेदेखि सडक खुल्ला भएको र मर्मतको अन्तिम चरणमा काम भइरहेको छ। यस राजमार्गमा १२ किलोमिटरभन्दा बढी भागमा क्षति पुगेको थियो।

अहिले कतै एकतर्फी र कतै दुईतर्फी सञ्चालन भएको छ, यद्यपि केही स्थानमा जोखिम कायमै रहेको उनले बताए। सडक खुलिसकेपछि यात्रुहरूको आवागमनमा सहजता आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*