भिमफेदीको गोल्पिङमा बस दुर्घटनामा ८ जना गम्भीर घाइते
मकवानपुर। मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ४ गोल्पिङमा बुधबार साँझ करीब ७ बजे बस दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन्। काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको मिनी बसको ब्रेक फेल भएपछि दुर्घटना भएको बताइएको छ।
दुर्घटनामा काठमाण्डौबाट जनकपुरका लागि हिँडेको बा ३ ख २७२३ नम्बरको बसले हेटौडाबाट काठमाण्डौतर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सीलाई ठक्कर समेत दिएको छ। घटनापछि बस सडकबाट करिब १०-१५ मिटर तल खस्न पुगेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका ८ जनालाई हेटौडा अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि चितवन पठाइएको छ हालसम्म घाइतेहरूको पहिचान भइनसकेको प्रहरीले जानकारी दिएको छ।