निर्माण व्यवसायीहरूको सरकारलाई तिहारअघि बक्यौता रकम भुक्तानीको चेतावनी
काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारलाई तिहारअघि बक्यौता रकम भुक्तानी नगरे कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै, सिंहले निर्माण उद्योगको कठिन परिस्थितिलाई उजागर गर्दै सरकारको अभिभावकीय भूमिकाको आवश्यकता रहेको बताएका छन्।
सिंहले भने, “हामी तिहारअघि बक्यौता रकमको भुक्तानीको अपेक्षा गर्छौं। कार्यरत परियोजनाहरूलाई अघि बढाउन दबाब दिन्छौं।”
महासंघका पूर्वअध्यक्ष सकुन्तलाल हिराचनले पनि चेतावनी दिएका छन् कि यदि तिहारसम्म बक्यौता रकम नपाए कडा कदम चाल्नेछन्। उनले सरकारलाई सम्झाउँदै भने, “हाम्रो भुक्तानी भएमा सरकारलाई चार गुणा बढी फाइदा हुनेछ। निर्माण क्षेत्रको चलायमान हुनु भनेको मुलुकको सम्पूर्ण अर्थतन्त्रको गतिशीलता हो।”
कार्यक्रममा स्वर्गीय शरदकुमार गौचनको योगदानको पनि स्मरण गरिएको थियो ।