उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण

संवाददाता
२०८१ आश्विन २२, मंगलवार २०:४३

काठमाडौँ । उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी उपत्यकाका वितरणको लागि उद्घाटन गर्नु भएको हो

खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौँको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका घरहरुमा पानी वितरण कार्यक्रम सुरूवात गरेका हुन् ।

सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का विभिन्न वितरण शाखामा पानी पठाइएको छ । साथै ती शाखाहरुबाट वितरण सुरु हुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताउनु भयो ।

मेलम्चीको पानी खोलिएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० का विभिन्न वितरण शाखामा पानी पठाइएको र ती शाखाहरुबाट वितरण सुरु हुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*