मंसिर २८ गते नेपाल पत्रकार महासघंको निर्वाचन हुने

संवाददाता
२०८१ आश्विन २०, आईतवार ०८:४९

काठमाडौं । नेपाल पत्रकार महासघंको प्रदेश तथा जिल्ला अध्यक्षहरुको राष्टिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ। भेलाले आगामी मंसिर २८ गते महासघंका तीन तहका निर्वाचन गर्ने निर्णय गरेको हो ।

महासचिव रोशन पुरीका अनुसार, सदस्यता विवादको सन्दर्भमा जिल्ला शाखाको सदस्यता कायम गर्ने र प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको छ । सदस्यता विवाद समाधान गर्न केन्द्र र प्रदेशको एक–एक जना प्रतिनिधि र शाखा अध्यक्ष रहने गरी समिति गठन गर्ने निर्णय पनि भएको हो । यसैगरी, आगामी कात्तिक मसान्तसम्म सदस्यता विवाद टुंग्याउने र टुगो लागेको सदस्यता केन्द्रमा पठाएर अभिलेख राख्ने निर्णय भएको छ ।

नेपाल पत्रकार महासघंको सदस्यता विवादका कारण पटक–पटक तोकिएको निर्वाचनको मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरुको राष्टिय भेला आयोजना गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*