तीन दिन ठूलो पानी पर्ने सम्भावना कम

संवाददाता
२०८१ आश्विन २०, आईतवार ०८:४३

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको अनुसार, अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना कम रहेको छ,। तर पनि मनसुनको प्रभावले केही ठाउँमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको छ। अहिले लुम्बिनी र गण्डकीसहित देशका पहाडी क्षेत्रहरूमा केही बादल लागेको छ, तर अधिकांश ठाउँमा आकाश खुलेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहने छ, र कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मनसुनको प्रभाव कमजोर हुँदै गइरहेकोले, लामो समयसम्म पानी पर्ने सम्भावना न्यून रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*