आजदेखि मालवाहक सवारी राजधानी प्रवेशमा रोक

संवाददाता
२०८१ आश्विन १९, शनिबार ०९:४४

काठमाडौं । त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारी साधनको चाप अत्याधिक बृद्धि भएको छ । उक्त जामलाई कम गर्नको लागि आजदेखि निर्माण सामग्री बोकेका ठूला मालवाहक सवारी राजधानी प्रवेशमा रोक लगाईएको छ ।

बडादशैं सुरु भईसकेको छ । संघीय राजधानी काठमाण्डौंबाट पर्व मनाउन बाहिरिने सवारीका साधनहरूको चाप अत्यधिक बढेको छ । यात्राका क्रममा सवारी जामका कारण यात्रुहरूले सास्ती खेप्नु नपरोस भन्ने उद्देश्यले टेलर लगायतका सवारी राजधानी प्रवेशमा रोक लागाइएको हो ।

यस वर्ष गत वर्षको दसैँमा भन्दा पृथ्वी राजमार्ग हुँदै राजधानी बाहिरिने र राजधानी भित्रने सवारीका साधनहरूको चाप दोब्बरले वृद्धि भएको छ । यात्रुवाहक गाडीलाई प्राथमिकता दिने गरी ठुला गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो । औषधि र तरकारीलगायत दूध बोकेका बाहेक अन्य ठुला गाडी आउँदो कार्तिक १ गतेसम्म बन्द रहने छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*