कान्ति राजपथ सडक खण्ड आजदेखि नै सञ्चालनमा आउन सक्ने सम्भावना
काठमाडौं । केहि दिन यता परेको अविरल बषाले मुलुकमा जनजिवन कष्टकर बनाएको छ । बाढीपहिरोका कारण देशका विभिन्न राजमार्गहरु अवरुद्ध भएको थियो भने अहिले केहि राजमार्गहरु संचालनमा आएको छ । अवरुद्ध भएर फेरि सञ्चालनमा आएका सबै सडकमा यतिबेला गाडीको आवतजावत सामान्य छ । काठमाण्डौ जोड्ने मुख्य सडक नागढुङ्गा–मुग्लिनसहित यसबीचमा पहिरो पन्छाइएका सबै सडकमा गाडीको आवतजावत सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
बीपी राजमार्गबाहेक देशका अरु सबै राजमार्ग एक, दुई दिनमै सञ्चालनमा आउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दाबी गरेको छ । बीपीबाहेक अरु सबै राजमार्ग सोमवारभित्रै सञ्चालनमा ल्याउने बताइएको छ । बीपी राजमार्ग पनि अस्थायी रुपमा खुलाउने पहल भइरहेको सरकारले जनाएको छ । कान्ति राजपथ आजदेखि नै सञ्चालनमा आउन सक्ने सम्भावना रहेको सचिव शर्माले बताउनुभयो ।
यस्तै अरनिको राजमार्ग पनि केही दिनमै सञ्चालनमा ल्याउन काम भइरहेको उहाँले जानकारी दिनुभयो । त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाण्डौ खण्डमा हिजो बिहानदेखि गाडी चल्न थालेका छन् ।