कान्ति राजपथ र दक्षिणकाली–छैमले सडक खुलाउने तयारी

संवाददाता
२०८१ आश्विन १८, शुक्रबार ०८:५२

काठमाडौं । काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गा–मुग्लिन सडकमा गाडीको आवतजावत सामान्य हुन थालेको छ । पहिरो हटाएर दुईतर्फी सडक खुलाएसँगै गाडीको आवतजावत सामान्य हुन थालेको ट्राफिक प्रहरीले जनाएको छ ।

तर पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ । मुग्लिन–पोखरा, नारायणगढ–बुटवल लगायतका मुख्य सडकमा भने दुईतर्फी नै गाडी चलिरहेका छन् । कान्ति राजपथ र दक्षिणकाली–छैमले सडक आज र भोलिसम्ममा खुलाउने तयारी छ ।

बीपी राजमार्गको काभ्रे खण्डमा भने गाडी सञ्चालन गर्न समस्या भएको प्रहरीले जनाएको छ । रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सबै विकल्पहरू प्रयोग गरी अस्थायी रूपमा गाडी सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*