हेटौंडा-काठमाडौं राजमार्गहरु पहिरोले अवरुद्ध, यात्राको एकमात्र विकल्प पूर्व-पश्चिम लोकमार्ग

संवाददाता
२०८१ आश्विन १३, आईतवार ०७:४४

हेटौंडा। मकवानपुर जिल्ला प्रहरीको अनुसार, हालका दिनहरूमा भइरहेको अविरल वर्षाका कारण हेटौंडा-काठमाडौं  सडक खण्डहरूमा पहिरो खस्दा यातायात ठप्प भएको छ।

कान्तिलोकपथ सडक खण्ड अन्तर्गत बकैया गाउँपालिका -१२ स्थित घट्टेपाखा र वडा नम्बर ११ लाम्राङको आपचौरमा पहिरो खस्नाले सडक पूर्ण रूपमा अवरोध भएको छ। यस्तै, भिमफेदी गाउँपालिका वडा नं -०८ मा बागमती खोलाको पुल कटान हुँदा सोही क्षेत्रको सडकमा पनि अवरोध आएको छ।

दक्षिणकाली छैमले सिस्नेरी सडक खण्डमा ईन्द्रसरोवर गाउँपालिका वडा नं -०३ स्थित रामचन्द्र भञ्ज्याङमा पहिरो खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्रिभुवन लोकपथ सडक खण्डको थाहा नगरपालिका वडा नं -०५ दामनमा पनि पहिरोको कारण बाटो ठप्प भएको जानकारी प्राप्त भएको छ।

साथै, कुलेखानी मार्खु भित्री सडक खण्डमा इन्द्रसरोवर गाउँपालिका वडा नं -०१ सिम्लाङमा पहिरो खस्दा यातायातमा समस्या आएको छ।

हेटौडा भिमफेदी कुलेखानी काठमाण्डौ सडकखण्डमा भिमफेदी गाउँपालिका वडा नं -०४ रातोमाटे र वडा नं -०६ ढोकाफेदी क्षेत्रका सडकहरू पनि पहिरोका कारण अवरुद्ध भएको छ।

फाखेल हुमाने, चखेल मातातिर्थ सतुङगल सडक खण्डमा विभिन्न स्थानमा पहिरो खसी बाटो अवरुद्ध भएको छ।

तर, पूर्व पश्चिम लोकमार्ग भने सुचारु रहेको  मकवानपुर प्रहरीले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*