अविरल वर्षाका कारण विद्यालयहरू तीन दिनका लागि बन्द गरिने

संवाददाता
२०८१ आश्विन १२, शनिबार २१:१९

सरकारले बाढी र पहिरोका कारण विद्यमान संकटलाई ध्यानमा राख्दै सबै स्थानीय तहलाई विद्यालय तीन दिन बन्द गर्न अनुरोध गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले दिएको जानकारी अनुसार, हालको अविरल वर्षाले विद्यालय सञ्चालनमा ठुलो कठिनाइ उत्पन्न गरेको छ।

प्रवक्ता भट्टराईले विद्यालय भवनहरूमा आकस्मिक व्यवस्थापन गर्नुपर्ने अवस्था आएपछि यो निर्णय गरिएको बताएका छन्। यसका साथै, विश्वविद्यालय र विद्यालयका भवनहरूमा भएको क्षति, बाढी र पहिरोका कारण प्रभावित विद्यार्थी र अभिभावकहरूको स्थितिलाई पनि सरकारले ध्यानमा राखेको छ।

स्रोतका अनुसार, अविरल वर्षाका कारण दैनिक जीवनमा पनि कठिनाइ सिर्जना भएको छ, र यातायात प्रणाली अवरुद्ध भएकोले विद्यालय बन्द गर्ने निर्णय लिइएको हो। मन्त्रालयले भौतिक क्षतिको विवरण संकलन गरेर अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत पठाउन अनुरोध गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*