बाढी र पहिरोले ल्याएको विपद्, ३८ जनाको मृत्यु
अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण नेपालमा दुःखद अवस्था सिर्जना भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईका अनुसार हालसम्म ३८ जनाले ज्यान गुमाएका छन्। यस घटनामा २६ जना घाइते भएका छन् भने २९ जना बेपत्ता भएका छन्।
बाढी र पहिरोको कारण विभिन्न जिल्लामा व्यापक क्षति पुगेको छ। प्रवक्ता भट्टराईले जानकारी दिए अनुसार, सुरक्षाकर्मीको टोली बेपत्ताको खोजीमा सक्रिय भएको छ र घाइतेको उपचार तथा राहतको कार्यलाई प्राथमिकता दिइएको छ। यस घटनामा परेका १ हजार २९८ जनालाई सफलतापूर्वक उद्धार गरिएको छ।
धेरै परिवारहरू अहिले राहत र उद्धारको पर्खाइमा छन्। बाढी र पहिरोका कारण १ सय ९५ वटा घरमा भौतिक क्षति पुगेको छ ।