देशभर अविरल वर्षाका कारण ठूलो विपत्ति ३० जनाको मृत्यु, ११ जना बेपत्ता

संवाददाता
२०८१ आश्विन १२, शनिबार १४:५४

हेटौंडा । अविरल वर्षाका कारण सिर्जित बाढी र पहिरोको घटनामा काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि १,९४७ सुरक्षाकर्मी परिचालन गरेको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उपत्यकामा २१ जनाको र उपत्यका बाहिर नौ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसबाहेक, एक सय ६२ स्थानमा भौतिक क्षति भएको छ ।

सशस्त्र प्रहरीले बाढी र डुबानमा परेका नागरिकहरूको उद्धारका लागि २३ वटा ¥याफ्टिङ बोट परिचालन गरिरहेको छ । यसै क्रममा, ७६० जनाको सकुशल उद्धार गरिएको जानकारी प्राप्त भएको छ ।

काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक र भक्तपुरमा क्रमशः नौ, नौ, तीन र तीन जनाको मृत्यु भएको छ । पाँचथर र धनकुटामा दुई-दुई जनाले ज्यान गुमाएका छन् भने झापा र धादिङमा एक-एक जनाको मृत्यु भएको छ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित सुष्मा बिपी कोइराला नेत्र प्रतिष्ठानमा पानी जमेपछि उपचार गराइरहेका १८ जना अपाङ्गता भएका बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*