अविरल वर्षाकाे कारण जनजिवन कष्टकर , अत्यावश्यक अवस्थाबाहेक बाहिर नजान अनुरोध

संवाददाता
२०८१ आश्विन १२, शनिबार १३:३९

काठमाडौ । अविरल वर्षाकाबाट अाएकाे बाढीका कारण ललितपुरमा मात्रै नौ जनाको ज्यान गएको छ । यस्तै ११ जना अझै बेपत्ता भएका छन् ।

ज्यान गुमाएकाको पहिचान खुलेकाे छैन । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरी अधिकारीका अनुसार सुरक्षाकर्मीले ललितपुरका विभिन्न ठाउँबाट दुई सय ८१ जनाको उद्धार गरेका छन् ।
त्यसै गरि भक्तपुरमा पहिरोमा परेर तीन जनाको ज्यान गएको छ । सुर्यविनायक नगरपालिका–९ पलासेमा पहिरोमा परेर कालिकोट स्थायी घर भएका तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक (डिएसपी) मोहन मणि अधिकारीले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेमा २४ वर्षीय दमिला शाही उनकी चार वर्षीया छोरी प्रिया शाही र अर्की १४ वर्षीय मनिषा शाही रहेका छन् । दमिला शाही गर्भवती रहेकी जानकारी आएको पनि डिएसपी अधिकारीले बताउनुभयो ।


साथै काठमाडौकाे विभिन्न स्थानमा बाढि पसेकाे छ । बागमती, विष्णुमती, खोकना, बल्खुखोला, धोबीखोला, कर्मनाशा, मनोहरालगायतका खोला किनाराका बस्ती डुबानमा परेका हुन् । खोकना, गौरीघाट, नख्खु, बलम्बु, गोंगबु बसपार्क क्षेत्रमा बाढी पसेको छ । कुलेश्वरको खाद्य गोदाममा बाढी पसेर क्षति भएको प्रहरीले जनाएको छ । बल्खु र कालिमाटी तरकारी बजारमा पनि पानी पसेको छ । ललितपुरको इमाडोल र कुसुन्ती क्षेत्रमा पनि केही घरमा बाढी पसेको छ ।

मौसम पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रमा डुवान तथा बाढीको उच्च जोखिम रहेको भन्दै आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन अपिल गरेको छ । अत्यावश्यक अवस्थाबाहेक घर बाहिर र नदी किनारमा नजान अनुरोध गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*