बागमती प्रदेशकी उद्योगमन्त्री तामाङको हस्तकला संघसँग महत्वपूर्ण छलफल: सातै प्रदेशमा हस्तकला फैलाउने योजना

संवाददाता
२०८१ भाद्र ३१, सोमबार १५:२९

हेटौंडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङ्ले सोमबार हस्तकला संघका प्रतिनिधिहरूसँग मन्त्रालयमा महत्वपूर्ण छलफल गर्नुभएको छ।

छलफलमा मन्त्री तामाङ्ले हस्तकला क्षेत्रलाई बागमती प्रदेश मात्र नभई सम्पूर्ण सातै प्रदेशमा फैलाउने वातावरण बनाउन प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो। मन्त्रीले हस्तकलालाई प्रवर्द्धन गर्न आफ्नो प्रमुख उदेश्य रहेको स्पष्ट पार्दै, त्यसका लागि आवश्यक कानूनी अड्चनहरूको समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

मन्त्री तामाङ्ले बागमती प्रदेश सभामा ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन ऐन २०८० पारित गर्ने तयारी भइरहेको जानकारी दिँदै, यस ऐनले हस्तकला क्षेत्रलाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको बताउनुभयो।

उद्योगमन्त्रीले हस्तकला संघका प्रतिनिधिहरूको हितमा काम गर्न र उद्यमीहरूको दर्ता प्रक्रियामा सहज वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस छलफलमा हस्तकला महासंघ बागमती प्रदेशका अध्यक्ष नविन शाक्य, उपाध्यक्ष अवानीश प्रधानाङ्ग, महासचिव मनमोहन सिंह मल्ल, र उनिजन्य वस्तु विकास संघकी अध्यक्ष रेखा अर्याल लगायत विभिन्न जिल्लाका अध्यक्षहरूको उपस्थिती थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*