हेटौंडा: बनस्पतिमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको शुभारम्भ

संवाददाता
२०८१ भाद्र २९, शनिबार १७:५६

हेटौंडा । हेटौंडा १३ मा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको भव्य उद्घाटन गरिएको छ । बागमती प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले महायज्ञको उद्घाटन गर्दै बहुधार्मिक, बहुजातीय, र बहुसांस्कृतिक समाजको विशेषतामा जोड दिनुभएको छ । उहाँले नेपालको समाजलाई इन्द्रेणी जस्तो विविधतासँग तुलना गर्दै, सबै धर्म र आस्थाका विचारलाई समान रुपमा सम्मान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

श्रेष्ठले सनातन धर्मको विकासलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै, यसलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रहरूमा विस्तार गर्न सकिने कुरा उल्लेख गर्नुभयो । उहाँको भनाइ अनुसार, यसले आर्थिक उपार्जन र पर्यटन प्रवद्र्धनमा मद्दत पुर्याउने विश्वास ब्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रको विकासलाई नयाँ दृष्टिकोणबाट हेर्नुपर्ने र सधैं क्रियाशील रहनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

असोज ५ गतेसम्म चल्ने महायज्ञमा हेटौंडा उपमहानगरपालिका वडा नं.१३ स्थित श्री कालेश्वर महादेव मन्दिरको पूर्ण संरचना निर्माण, अक्षयकोष स्थापन, र बुद्ध मूर्ति निर्माणका लागि प्रख्यात कथा वाचक पण्डित कपिलदेव भट्ट र उपवाचक पण्डित डेगनाथ ढकालले कथा वाचन गर्नुहुनेछ । यस कार्यक्रममा सम्पूर्ण दिवंगत आत्माहरूको बैकुण्ठ बासको लागि पीतृ उद्धार गर्ने उद्देश्यले कथा वाचन, पाठपरायण, र राष्ट्रिय स्तरका कलाकारहरूको भजन किर्तन, संगीतमय देवलिला झाँकी नाटक समेत सञ्चालन हुने बताइएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, वडा समन्वय समितिका संयोजक बालकुमार श्रेष्ठ, समितिका कोषाध्यक्ष कृष्ण प्रसाद दाहाल, वसन्त लामा, बिन्दबासिनी टोल विकास संस्थाका अध्यक्ष रत्नबहादुर केसी, सहारा टोल विकास संस्थाका अध्यक्ष अशोककुमार डिमडुङ्, र मन्दीर व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर भ्लोन लगायतकाको उपस्थिती रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*