दश रुपैयाँकाे आम्दानी पन्ध्र रुपैयाँकाे खर्च , हाम्रो देशमा !

अम्बिका बस्नेत
२०८१ भाद्र २०, बिहीबार १४:३७

हेटौंडा। अहिले त मेहनतकाे मूल्य पनि कम हुन थालिसकेछ । दिन रात एक गरि कमाएकाे पैसा महिना बित्न नपाई सकि सक्छ । तलव आउछ अनि यसाे गर्छु उसाे गर्छु भन्दा भन्दै रितिएकाे थाहा नै नहुने । अनि महिनाकाे अन्तिम दिन हातलाग्यो शुन्य । बजारमा महँगी पनि कति बढेकाे हाे ? जति खर्च गरे पनि नपुग्ने । याे किन भन त्याे किन भन महिना भरिकाे तलवले पनि नपुग्ने । फेरि घरकाे लागि पनि सामान चाहियो । भलै महँगी नै किन नहाेस । महिनामा दश रुपैयाँ आम्दानी हुँदा खर्च चाहिँ पन्ध्र रुपैयाँकाे हुने, सकिन्छ त अब ? महँगीले आकाश छाेई सक्याे तर तलव भने जस्ताको तस्तै पाताल मै । बजारमा एक हजार रुपैयाँको नाेट लिएर जादा फर्किने बेलामा हातमा शुन्य बाकी बस्छ । अनि सामान चाहिँ दुई चार झाेला । बजार छाेई सक्दाे छैन् । तर पनि किन्नु नै परेकाे छ । आहाराकाे जाेहाे त गर्नै पर्याे , परिवारलाई पनि पाल्नै पर्याे ।

याे महँगीमा दुुई छाक खान नसक्ने हरुकाे हालत के हुदो हाेला । जसकाे घरमा बिहान पकाए बेलुका के खाने बेलुका पकाए बिहान के खाने भन्नेहरुलाई त धेरै सकस छ । दिनहुुँ बजार भाउ बढ्दै छ । महँगीले मानिस टाट पल्टि सके । बजारमा पाइला राख्न पनि साेच्ने बेला आइसक्यो । त्यहि माथि चाडपर्व आउछन् अनि घरमा पाहुना आउछन् , पकाएर खान दिनु नै पर्छ ,एक छाक मिठाे मसिनाे । चाडपर्वमा त अझै कुरा नै नगरौं बजार भाउले आकाश छुन्छ , तर पनि किन्नु नै पर्याे । अनि घर गएर हिसाब गर्दा पैसा रितिएकाे पत्ताे हुन्न । महिना भरिकाे कमाइले पनि खान नपुग्ने भई सक्याे बजारकाे अवस्था । त्यहि माथि आर्थिक मन्दि । मन्दिमा त झन जनता मारमा छन् । दुई छाक खान धउधउ भई सक्याे ।

काम नगरे पैसाकाे दुख , आहाराकाे जाेहाे कहाँबाट गर्ने । त्यहि माथि साहुकाे ऋण , संघ संस्थाकाे ऋण त्याे पनि तिर्नु नै परेकाे छ । त्यहि दश रुपैयाँबाट धेरै थाेरै बचाएर भए पनि । त्यसैबाट घर खर्च पनि चलाउनु नै परेकाे छ ।
दिनहुुँ जस्तो बजार भाउमा बृद्वि हुदा आम जनता मारमा छन् । अत्यावश्यक सामानहरुकाे भाउ बढ्दा दुई छाककाे लागि तड्पिनु पर्ने बाध्यकारी अवस्था सिर्जना हुँदै छ । यी सब कुराले जनता दुखि भएका छन् । समृद्ध नेपाल सुखी नेपाली बनाउनकाे लागि सरकारकाे ध्यान यस तर्फ जान आबश्यक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*