टुडिखेलमा युवाहरुले गरेको विरोध राम्रो संकेत हैन : लिङदेन
काठमाडौं। गौरा पर्वको अवसरमा टुडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले गरेको विरोध राम्रो संकेत नभएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताउनुभएको छ ।
मङ्गलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले युवाहरुको विरोधलाई सरकारले सकारात्मक रुपमा लिनुपर्नेमा सरकारले आक्रोश देखाएको बताउनु भयो ।
उहाँले जनताले अहिलेको व्यवस्था र सरकारमा चित्त नबुझेको कुरालाई मनन गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गर्नु भएको छ।अध्यक्ष लिङदेनले एनसेललाई कर नतिरी नविकरण गर्ने सरकारको निर्णय गलत भएको आरोप लगाउनु भएको छ ।
उहाले ब्यापारीहरुले नेपालमा कर तिर्न किन अप्ठ्यारो मानेका होलान भन्दै सरकार र प्रधानमन्त्रीलाई प्रश्न गर्नु भयो ।जनताले हालको सरकार र सरकारको अहिलेको व्यवस्थामा चित्त नबुझाएको बताउनु भयो। जनताले विकल्प खोजिराखेका छन् भन्नेकुरालाई गम्भिरतापूर्वक लिन सरकार र प्रधानमन्त्री केपी शर्मा ओलिलाई आग्रह समेत गर्नु भयो।
उहाँले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भवन निर्माणका लागि जग्गा नभएको र प्रत्यारोपण केन्द्र निर्माणमा सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने भन्दै जग्गा उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभएको छ ।