२३ वर्षिय अलिसाको हत्या आरोपित खान पक्राउ
हेटौंडा । सोमबार भाद्र ९ गते हेटौंडा उपमहानगर वडा नम्बर १० बसपार्कमा रहेको रत्ना होटलमा एलिसा न्यौपानेको हत्या गरी फरार युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । फरार रहेका अभियुक्त ३२ वर्षीय समीर खानलाई सोमबार हेटौंडा–०५ लट्टिनाथ मन्दिर परिसरबाट साँझ ६ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिका ०४, कमलडाँडा निवासी खानले भदौ ९ गते सोमबार साँझ हेटौंडा १० बसपार्कमा रहेको होटलमा एलिसाको हत्या गरी फरार भएका थिए । उनको सव भदौ १० गते प्रहरीले रत्ना होटेलको कोठा नम्बर २०५ मा फेला पारेको थियो ।
यशअघि खानकी आमा ५५ वर्षीया सैरुन खान, श्रीमति २६ वर्षीया रविना खातुन खानका ससुरा ५६ वर्षीय लालबाबु खाँ पैठान र जेठान ३० वर्षीय फैयाज अहमदलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । घट्नाको अनुसन्धानको क्रममा अभियुक्त खानलाई भाग्ने कार्यमा सहयोग पुर्याएको आरोपमा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।