वन विज्ञान संकाय हेटौंडाका विद्यार्थीहरुले नेबिसंघलाई क्याम्पसमा तालाबन्दी गर्न दिएनन् !

संवाददाता
२०८१ भाद्र १७, सोमबार १७:५५

हेटांडा। कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय हेटौंडाका विद्यार्थीहरुले नेपाल विद्यार्थी संघलाई क्याम्पसमा तालाबन्दी गर्नबाट रोकेका छन् ।

रामपुर कृषि क्याम्पस, चितवनमा नेपाल विद्यार्थी संघका विद्यार्थीमाथि भएको सांघातिक हमलाको विरोधमा क्याम्पसमा तालाबन्दी गर्न गएका नेविसंघका विद्यार्थीलाई अन्य संगठनका विद्यार्थीहरुले रोकेका हुन् । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका संगठनका विद्यार्थीहरुले परिक्षा चलिरहँदा साथै  केहि कक्षाहरु पनि संचालन भइरहेको अवस्थामा तालाबन्दी गरेर पठन -पाठनमा अवरोध पुर्याउन नपाइने भन्दै विरोध गरेका हुन् ।

वन विज्ञान संकायका अन्तिम सेमिस्टरका विद्यार्थी अनिल सुबेदीले यसअघि पनि पटक-पटक विभिन्न कारणले पठनपाठन अवरुद्ध भइ चार वर्षे कोर्ष सकिन पाँच वर्ष लागेको गुनासो गर्नुभयो । कारण जे भएपनि अन्तिम परिक्षाको मुखैमा पुनः तालाबन्दी आफुहरुलाई स्विकार्य नहुने उहाँले बताउनुभयो ।

घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कारवाही गर्न र शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन दबाब दिन उदेश्यले देशरभरका वन विज्ञान संकायमा तालाबन्दी गर्न लागिएको नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य मिलन पुडासैनीले बताउनुभयो ।

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा दुई विद्यार्थी संगठनविच झडप हुँदा दीपेश बानियाँ, खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्य घाइते भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*