हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको गत आर्थिक वर्षमा १९ करोड १६ लाख आम्दानी

संवाददाता
२०८१ भाद्र ११, मंगलवार १९:२१

हेटौंडा । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गत आर्थिक वर्षमा १९ करोड १६ लाख आम्दानी गरेको जनाएको छ ।

बोर्डले मंगलबार आयोजना गरेको आर्थिक वर्ष २०८०÷८१ को प्रगती विवरण तथा आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक कार्यालयमा यस्तो जानकारी दिइएको हो । बोर्डका कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले गत आर्थिक वर्षको प्रगती विवरणका साथै चालु आर्थिक वर्षको निति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा कार्यकारी निर्देशक सापकोटाले गत वर्ष लक्ष्यको तुलनामा १०२.७५ प्रतिशत आन्तरीक आम्दानी भएको जानकारी दिनुभयो । बोर्डबाट मासिक रुपमा १ करोड १६ लाख रुपैयाँ बिलिब हुने गरेको उहाँले बताउनुभयो । यस्तै बोर्डले चालु आर्थिक वर्षको लागि २० करोड ९५ लाखको आय अनुमान गरेको छ । पुँजीगत तर्फ ५०.२० प्रतिशत, कार्यालय संचालन तर्फ २७.५२ प्रतिशत र सेवा संचालन खर्च तर्फ २२.२७ प्रतिशत विनियोजन गरेको बार्डले जनाएको छ ।

बोर्डले प्रतिदिन ३ करोड ५७ लाख लिटर पानी उत्पादन गरी दैनिक सरदर ७ देखि ८ घण्टा २७ हजार ७ सय २१ धारा मार्फत वितरण गर्दै आएको छ । हेटौंडामा दैनिक ३ करोड ४० लाख लिटर पानीको माग रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*