हेटौँडामा आउँदो असोज १९ गते लाइभ सेलो साँझ हुँदै

संवाददाता
२०८१ भाद्र ९, आईतवार १७:३५

हेटौँडा । हेटौँडामा तामाङ मौलिक गीत, संगीत जागरण गर्ने उद्देश्यले लाइभ सेलो साँझ आयोजना हुने भएको छ । ‘एक तामाङ घर, एक डम्फु’ भन्ने मुल नारासहित गरीन लागिएको लाइभ सेलो साँझ ओपेरा इन्फोटेन्मेन्ट मिडिया प्रा.लि.को आयोजनामा हुन लागेको हो । आइतबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदो असोज १९ गते कार्यक्रम हुने आयोजक ओपेरा इन्फोटेन्मेन्ट सिने प्रा.लिका सञ्चालक बिक्रम लुङ्बाले जानकारी दिनुभयो ।

सेलो साँझमा मकवानपुरे कलाकारहरू प्रकाश तामाङ तितुङ र सुमिना लो को प्रस्तुति रहने छ । कार्यक्रम हेटौंडा–२ मा रहेको पल्पसा हलमा दिउँसो २ बजेबाट सुरु हुने छ भने प्रवेश शुल्क पछि तोकिने  लुङ्बाले जानकारी दिनुभयो । अहिले टुङ्गना र डम्फु बजा लोप भईसकेको कारण आफुहरुले टुङ्गना र डम्फु बजाउन प्रशिक्षण दिन लागेको समेत उहाँले बताउनु भयो । ओपेरा इन्फोटेन्मेन्ट मिडिया प्रा.लि.को आयोजनामा भएको कार्यक्रममा तामाङ घेदुङ संघ मकवानपुरका उपाध्यक्ष आत्माराम मोक्तान, सचिव किरण बल, सल्लाहकार सानु लामा दोङ, गायक प्रकाश तितुङ र कलाकार हेम कुमार तामाङ लगायतको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*