१० नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

संवाददाता
२०८१ भाद्र ८, शनिबार १९:२७

हेटौंडा उपमहानगरपालिकाको १० नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । शनिबार एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले १० नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभएको हो । बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ वडालाई बालमैत्री वडा घोषणा अभियान चलाइएको हो । कार्यक्रमलाई बेल्दै मेयर लामाले निकट भविष्यमा उपमहानगरलाई नै बालमैत्री शासनयुक्त स्थानीय तह घोषणाको तीव्र तयारी भैरहेको बताउनुभयो ।

कार्यक्रममा १० नम्बर वडाका अध्यक्ष फुर्वा दोर्जे लामाले बालमैत्री वडा घोषणा आफुहरुको ठुलो उपलब्धि भएपनि यसको दिगोपना र निरन्तरता ठुलो चुनौती रहेको बताउनुभयो । बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरूमा अभ्यास गरी ४९ वटा सूचकहरु १०० प्रतिशत, १ वटा सूचक ९५ प्रतिशत, र १ वटा सूचक ८१ प्रतिशत सम्म नतिजा हासिल भएपछि १० नम्बर वडालाई बालमैत्री घोषणा गरिएको हो ।

वडामा सामुदायिक र संस्थागत गरी ४ वटा विद्यालयहरू सञ्चालनमा छन् । साथै १० वटा बालसमुहहरु र १ वडा बालसञ्जाल रहेको छ । जसमा २५० जना बालबालिकाहरू आवद्ध रहेका छन् । कार्यक्रम अघि स्थानीय सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थीहरु, विभिन्न टोलविकास संस्थाका सदस्यहरु, विभिन्न संघ–संस्थाको प्रतिनिधिहरुको सहभागितामा वडा कार्यालयको प्राङ्गणनबाट प्रभातफेरीसहित वडा कार्यालय परिक्रमा गरिएको थियो । यससंगै १० नम्बर वडा हेटौंडा नगरपालिकाको पाँचौ बालमैत्री वडा घोषणा भएको छ । यसअघि ८ नम्बर वडा, २ नम्बर वडा, ७ नम्बर वडा र १७ नम्बर वडा
बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*