वर्तमान सरकार मुलुकमा स्थिरता,सुशासन र समृद्धिको लागि हो : गृहमन्त्री लेखक

संवाददाता
२०८१ भाद्र ७, शुक्रबार १९:१९

वर्तमान सरकार मुलुकमा स्थिरता,सुशासन र समृद्धिको लागि भएको गृहमन्त्री रमेश लेखकले बताउनुभएको छ ।

शुक्रवार जिल्ला प्रशासन कार्यालय धनुषामा बन्न लागेको नयाँ भवनको शिलान्यासको क्रममा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री लेखकले अस्थिरताका कारण विकास निर्माणका कामले गति लिन नसकेको, अर्थतन्त्रमा शिथिलता उत्पन्न भएको भन्दै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न जटिलता उत्पन्न भएको समेत बताउनु भएको छ ।

उहाँले मुलुकमा दुई ठूला दलहरु मिलेर नयाँ राजनीतिक समीकरण बनेको उल्लेख गर्दै पछिल्लो डेढ वर्षमा भएको राजनीतिक अस्थिरताका कारण आम नागरिकमा परेको निराशा चिर्न अहिलेको सरकार सफल हुने बताउनु भयो । गृहमन्त्री लेखकले सरकार अस्थिर हुँदाको असर प्रत्यक्ष सेवा प्रवाहमा परेको बताउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*