बागमतीको मुख्य न्यायधिवक्तामा काफ्ले नियुक्त

संवाददाता
२०८१ भाद्र २, आईतवार १३:४२

मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनु भएको छ ।
आइतबार प्रदेश प्रमुख माननीय दीपक प्रसाद देवकोटाले काफ्लेलाई बामगती प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको हो ।
नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामाका सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईंले बताउनु भयो ।
दोलखा जिल्ला तामाकोशी गाउ“पालिका वडा न. ३ निवासी काफ्ले २५ वर्षदेखी निरन्तर कानून व्यवसायीको रुपमा कार्य गर्दै आउनुभएको छ ।
नेपाल बार एसोसिएसनको सदस्य रहनु भएको काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समितिमा संलग्न भई काम गरिसक्नु भएको छ ।
काफ्लेले यसअघि पूर्व कानून तथा न्यायमन्त्री भीम बहादुर तामाङ र पूर्व महिला तथा समाज कल्याण मन्त्री लिला कोइरालाको सल्लाहकार भएर समेत काम गरिसक्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*