हेटौंडाका ब्यवसायीहरुले मैनबत्ति बालेर खोजे स्थानीय सरकार

संवाददाता
२०८१ श्रावण ३१, बिहीबार १६:३६

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा हेटौँडा उपमहानगरपालिकाको राजश्व वृद्धिको निर्णय विरुद्ध व्यवसायीले हेटौँडा उपमहानगरको गेट भित्रै धर्ना दिएका छन् । व्यवसायीले पहिलो चरणको आन्दोलन अन्तर्गत आज
चौंथो दिन बिहिबार पनि धर्ना लाई निरन्तरता दिएका हुन् ।

हेटौँडा २ मा रहेको मकवानपुर उद्योग वाणिज्य संघ बाट सयौँको संख्यामा व्यवसायीहरु र्यालीसहित उपमहानगरपालिका पुगेका थिए । उनिहरुले उपमहानगरपालिकाले वृद्धि गरेको कर खारेज गर्नु पर्ने माग राख्दै उपमहानगरको गेट भित्रै मैनबत्ति बालेर सरकार खोजेका छन् । “आम्दानि खर्च सार्ववनिक गर, के को लागि यत्रो कर”   “अस्वभाविक कर वृद्धि गर्न पाईदैन, यस्तो स्थानीय सरकार चाईदैन ” लगायत लेखिएका पर्चा पम्प्लेट सहित ब्यवसायीहरुले नारा जुलुुस गरेका हुन ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले आर्थिक मन्दीको चपेटामा परेका व्यवसायीलाई पलायन हुनेगरि विज्ञापान कर सहितका अन्य करको दायरा १५० प्रतिशत सम्म बढाएको भन्दै उक्त कर बढाउने निर्णय खारेज नगरे आन्दोलनको पाचौँ दिन शुक्रबार आफ्नो ब्यापार ब्यवसायहरुमा ताला लगाई चाबि उपमहानगरपालिकालाई बुझाई दिने चेतावनि दिनुभयो ।

हेटौँडा उपमहानगरपालिकाले व्यवसाय कर, घरभाडाको आधारदर, एकीकृत सम्पत्ति कर र विज्ञापन करमा १५० प्रतिशतसम्म वृद्धि गरेपछि हेटौँडाका व्यवसायी आन्दोलित भएका हुन् ।
व्यवसायीको आन्दोलनलाई मकवानपुर उद्योग वाणिज्य संघ मातहतको १८ भन्दा बढी बस्तुगत संघहरुले ऐक्यवद्धता जनाएका छन ।

ब्यवसायीहरुले कर बृद्धिको निर्णय खारेज हुनुपर्ने भन्दै वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई २ दिन अगाडी नै ज्ञापनपत्र बुझाएका थिए । मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा हेटौँडा उपमहानगरपालिकाको राजश्व वृद्धिको निर्णय विरुद्ध भईरहेको पहिलो चरणको आन्दोलन भोलि बाट सकिदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*