मकवानपुर उद्योग बाणिज्य संघले कर बृद्धि बारे गर्यो चरणबद्ध आन्दोलनको घोषणा, बृद्धि भएको कर खारेज नहुने हेटौंडा उपमहानगरको भनाई :
अस्वभाविक रुपमा हेटौंडा उपमहानगरपालिकाले कर बृद्धी गरेको भन्दै मकवानपुर उद्योग बाणिज्यसंघले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कर बृद्धीको विरोधमा उद्योग बाणिज्यसंघले आज पत्रकार सम्मेलन मार्फत चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । मकवानपुर उधाेग बाणिज्य संघले हेटौडा उपमहानगरपालिका सँग परामर्श गरि रहँदा पनि आफु खुसि कर बडाएको आरोप उद्योग बाणिज्य सँघको छ । चालु आर्थिक वर्षमा अस्वभाविक रुपले कर बृद्धी गरेपछि बाध्य भएर आफुहरुले आन्दोलनका कार्यक्रम घोषणा गर्न परेको मकवानपुर उद्योग बाणिज्य सँघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले बताउनु भयो । अध्यक्ष अग्रवालले अस्वभाविक रुपमा भएको कर बृद्धी कुनै पनि हालतमा फिर्ता गरिनुपर्ने बताउनु भयो ।
मकवानपुर उद्योग बाणिज्य सँघका बरिष्ट उपाध्यक्ष अनिल अग्रवालले उधोग ब्यवसाय धरासायी भई देशको अवस्था नाजुक भईरहँदा हेटौंडा उपमहानगरले अबैज्ञानिक तवरले कर बडाएको आरोप लगाउनु भएको छ । उद्योग ब्यबसाय ठप्प भई ब्यबसायी र ब्यापारीहरु मारमा परिरहँदा उपमहानगरले अबैज्ञानिक कर बृद्धि गर्नु अस्वभाविक रहेको उहाँको भनाई छ ।
यस्तै मकवानपुर उद्योग बाणिज्य सँघका उपाध्यक्ष प्रमोद रानाभाटले उपमहानगरपालिकाले करको बिषयमा बाणिज्य सँघ र उपमहानगरपालिका बिच भएको निर्णयको उल्लंघन गरेको आरोप लगाउनु भएको छ । राजस्व बृद्धि गर्ने उपाए सहित आफुहरुले लगेको प्रस्तावलाई बेवास्ता गर्दे नगरपालिकाले जनतालाई झुक्याउने काम गरेको उहाँको भनाई छ ।
यता हेटौंडा उपमहानगरपालिकाले भने समय सपेक्ष कर बृद्धि भएको र स्वभाबिक रुपमा समय समयमा करको दर बढ्ने जानकारी दिएको छ । नगरपालिकाको प्रमुख आम्दानीको स्रोत कर भएको र आन्तरीक स्रोतलाई मजबुत बनाउँदै लैजान केहि मात्रामा मात्रै करको बृद्धि गरीएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो । नगर सभाले निर्णय गरेर आर्थिक ऐन जारी भईसकेको कारण बृद्धि भएको कर फिर्ता नहुने उहाँले बताउनु भयो ।
नगर सभाले निर्णय गरेर आर्थिक ऐन जारी भईसकेको कारण बृद्धिभएको कर खारेज गर्न सहज छैन , तर असंभव पनि हैन , असहज परिस्थितीमा गरिएको राजस्व बृद्धिबाट हुने मुल्य बृद्धि लगाएत समस्या समाधानको लागी वार्ता र संवादको माध्यमबाट यसको समाधान गर्नु अहिलेको अवस्यकता देखिन्छ ।