अनलाइन ठगी आरोपमा पक्राउ परेका ९ भारतीय सार्वजनिक

संवाददाता
२०८१ श्रावण २३, बुधबार १७:४१

अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा मकवानपुर प्रहरीले ९ जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

विशेष सूचनाको आधारमा सोमबार साँझ हेटौंडा ४ पारिजातपथमा रहेको प्रमोद वाग्लेको घरबाट उनिहरुलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक सिताराम रिजालले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । उनिहरुले वाग्लेको घरमा फ्याट भाडामा लिएर मेडि असिष्ट नामको कम्पनी देखाएर अवैध कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख रिजालले बताउनुभयो ।

उनीहरूको साथबाट विभिन्न कम्पनीका ल्यापटप ७ थान, ल्यापटकका चार्जर १८ थान, विभिन्न कम्पनीका मोबाइल १३ थान, राउटर ३ थान, हेडफोन ४ थान, मेडि असिष्ट लेखिएको स्ट्याम्प २ थान र एउटा वेब क्यामेरा बरामद गरिएको छ । भारत राँचीमा मेन सर्भर राखी क्वीक कल क्लाइन्ट सफ्टवेयर मार्फत टार्गेट पहिचान गरि सोही सफ्टवेयर मार्फत टार्गेटसंग सम्पर्क गरी सम्पूर्ण डिटेल भारत पठाउने गरेको अनुसन्धानबाट देखिएको प्रहरी प्रमुख रिजालले बताउनुभयो ।

उनिहरुले संचालन गरेको कम्पनीमा १२ जना भारतीय कर्मचारी रहेको र तीन जना फरार रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा भारत पटना आलगंजका २८ वर्षका नवनित कुमार, बोकरो झारखण्डका २७ वर्षका शाहरुख खान, विहारका २९ वर्षका कुन्दन कु्मार, नैनिताल उत्तराखण्डका २६ वर्षका आशिष कब्डौला, राचि झालखण्डका ३४ वर्षका विशाल कक्कड र ३८ वर्षका लोकेश कुमार दुवे, २९ वर्षका विकास कुमार सिंह, नांगलोड देल्हीका २८ वर्षका अरुण कुमार र गाजियावाद उत्तरप्रदेशका ४० वर्षका कुनाल शर्मा रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*