लोपउन्मुख विजयसाल

नेपालको पश्चिमी क्षेत्रमा पाईने वनस्पति विजयसाल लोपोन्मुख अवस्थामा रहेको छ ।
अम्बिका बस्नेत
२०८१ जेष्ठ ६, आईतवार १७:५६

हेटौंडा ।  लोपोन्मुख विजयसाल औषधी जन्य वनस्पति हो । यो वनस्पति मकवानपुरको गुम्वाडाँडा स्थीत मुर्ति पार्कमा पनि बृक्षराेपण गरि संरक्षण गरेर राखिएको छ । पर्यटकीय गन्तव्य र धार्मिक स्थलको रुपमा रहेको गुम्बाडाडामा उक्त वनस्पति अवलोकनका लागि राखिएको छ । उक्त वनस्पतिको बारेमा धेरैलाई थाहा नभएको र पार्कमा घुम्न आउने पर्यटकहरुलाई सो बनस्पति बारे ज्ञ्यान होस भन्ने हेतुले विजयसाललाई संरक्षित गरीएको डिभिजन बन कार्यालय मकवानपुरका सहायक बन अधिकृत दिपक अधिकारिले जानकारी दिनुभयो ।

यो वनस्पति गर्मि ठाउँमा पाईने गर्दछ । तराई भुभागले समिटिएको स्थानहरु मकवानपुरको चुरे क्षेत्र ,तराई भित्री मधेसका जिल्ला नवलपरासीदेखि कञ्चनपुरसम्मका वन जंगलहरुमा पाइने गर्दछ । उक्त वनस्पति साल,सिन्दुरे र हर्रो , बर्रो भएको स्थानहरुमा पाईने गर्दछ । यो वनस्पति तराई भित्री मधेस र चुरे क्षेत्रमा एक हजार देखि बाह्र सय मिटर सम्ममा पाइने गर्दछ । यो तराई र चुरे क्षेत्र भन्ने वितिकै सबै ठाउँमा पाउन सक्छ भन्ने छैन । यो प्रजाती उर्वर , गहिरो , चिम्टाईलो , दुमट माटोमा राम्रोसँग हुर्कने बिरुवा हो ।

उक्त वनस्पतिको रुख ३० मिटर उचाई र २.५ मिटर सम्मको गोलाईमा रहन जान्छ । विजयसाल ठुलो आकारको पतझर , मध्यम खाले प्रकाश रुचाउने उत्तरी मोहडामा प्राय देखा पर्ने वनस्पति हो । यो प्रजातीको वनस्पति विशेष गरी पश्चिम नेपालका वन क्षेत्रमा मिश्रित तथा फाटफुट, सीमित रुपमा पाईने र यो प्रजातीको वृद्धिदर कमजोर हुने भएकोले नेपालको प्राकृतिक वन क्षेत्रमा न्यून मात्रै पाईएको हुनाले यस प्रजातीलाई नेपाल सरकारले वन नियमावली २०५१ द्वारा कटान, निकासी, पैठारीमा प्रतिबन्ध लगाईएको छ । विजयसाल कम मात्रामा पाईने हुनाले कतिपय मानिसहरुले यसको पहिचान गर्न सक्दैनन । वनस्पति जगतमा यो वनस्पतिको उल्लेख्य महत्त्व रहेको छ । यस वनस्पतिको नेपाली नाम विजयसाल , अङ्ग्रेजी नाम मलाबार किनो , वैज्ञानिक नाम पिट्रोकारपोस मार्सिपियुम र यसको परिवार फ्याबासियस र जिनेसमा पिट्रोकारपस रहेको छ । यसको पात खस्रो खस्रो चिल्लो हुने गर्दछ । यसको फुल श्रावण भाद्र महिनामा फुल्ने गर्दछ । यसको फल पनि हुने गर्छ जुन पौष माघ महिनामा लाग्ने गरेको पाईन्छ ।

यो वनस्पतिको रुख उर्वर भुमिमा सोझो र सफा भएको काण्ड हुन्छ । यसको काण्डबाट अनेलियो रेजिन निस्कने गर्दछ , जसलाई किनो षम भन्ने गरीएको छ । यसको फाईदाहरु धेरै छन् , यो वनस्पति अन्य जडिबुटी सरह औषधीको काम गर्ने गर्दछ । यसको धेरै उपयोगिताहरु रहेको छ । विजयसालको पातको रस घाउहरुमा र चर्म रोगमा प्रयोग गर्ने गरिन्छ । यसको बोक्राले मानिसहरुमा दात दुखेमा दातमा दल्दा सन्चो हुने गर्दछ । यस वनस्पतिको काठ र काठको धुलोले पनि पानिमा भिजाउदा निलमे रंगमा परिनत हुन जान्छ बिजय सालबाट कचौरो र गिलासहरु बनाईने गरिन्छ । यस रुखको काठको भाडामा पानी हालेर सेवन गर्दा मधुमेह, कुष्ठ रोग, चर्म रोग, जीउमा आउने सेतो दाग, पिसावको रोग, हात्ती पाईले, मुटु पोल्ने, जीउ दुखाई, पेटमा जुका परेको जस्ता रोगको उपचार गर्न सकिन्छ । विजयसाल नेपालको सबै तराई, भित्री मधेश, चुरे क्षेत्रमा पाईदैन । यो प्रजाती सिमित स्थानमा पाउने गर्दछ । त्यसै गरी IUCN ले यस प्रजातीलाई Near Threatened category मा राखेको छ । त्यसैले यस प्रजातीलाई संरक्षण तथा सम्बर्द्धन गरी राख्न जरुरी रहेको छ । सरकारले यसलाई संरक्षण गरी उचित सदुपयोग गर्न सके आम्दानिको स्रोत समेत बन्न सक्ने देखिन्छ । तसर्थ विजयसाल संरक्षणमा स्थानिय सरकारले पनि आफ्नो निति तथा कार्यक्रममा राखेर अघि बढ्नु पर्ने देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*