समाचार
जनताले सरकारको प्रत्यक्ष अनुभुति गर्ने पहिलो राज्यको अंग प्रहरी प्रसारण हो : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुुर सिंह लामाले जनताले सरकारको प्रत्यक्ष अनुभुति गर्ने पहिलो राज्यको अंग प्रहरी प्रसासन रहेको बताउनु भएको छ । बुधवार बागमती प्रदेश प्रहरी कार्यालयको नवनिर्मित प्रसासनिक भवनको उद्धाटन गर्नु हँुदै मुख्यमन्त्री लामाले यस्तो भन्नु भएको हो । नागरीकले आफुले भोगेको समस्या आफ्नो पहलबाट समाधान नभए पश्चात राज्यबाट...
काभ्रेपलाञ्चोकको बनेपामा कुखुरा पालन सम्बन्धि एक दिने तालिम सम्पन्न
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपामा सञ्चालित कुखुरा पालन सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । ए.बि. प्यालेट फिड प्रा.लि. र जयमाता चण्डेश्वरी सप्लायर्सको संयुक्त आयोजनामा मंगलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका – ७, बनेपा बजारस्थित द अरिनको फ्यामिली फुड क्याफेमा समापन भएको हो । बलराम संजेलको सभापतित्यो रहेको उक्त तालिममा बनेपा...
उत्कृष्ट शैक्षिक संस्थाको नमुना पेश गर्दै ललितपुरको ब्राइट फ्युचर स्कूल एण्ड कलेज
ललितपुर । ललितपुरको ललितपुर महानगरपालिका -१५, सातदोबाटोमा विगत ३ दशकदेखि शिक्षामा योगदान पुर्याउदै आएको ब्राइट पयुचर स्कूल एण्ड कलेजले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ( एसईई ), प्स टु साथै स्नातक तहमा समेत उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । यसैं वर्ष २०८१ मा कक्षा १२ मा उत्कृष्ठ नतिजा...
मकवानपुर उद्योग बाणिज्य संघले कर बृद्धि बारे गर्यो चरणबद्ध आन्दोलनको घोषणा, बृद्धि भएको कर खारेज नहुने हेटौंडा उपमहानगरको भनाई :
अस्वभाविक रुपमा हेटौंडा उपमहानगरपालिकाले कर बृद्धी गरेको भन्दै मकवानपुर उद्योग बाणिज्यसंघले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कर बृद्धीको विरोधमा उद्योग बाणिज्यसंघले आज पत्रकार सम्मेलन मार्फत चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । मकवानपुर उधाेग बाणिज्य संघले हेटौडा उपमहानगरपालिका सँग परामर्श गरि रहँदा पनि आफु खुसि कर बडाएको...
मकवानपुरगढीको सिमलटारमा महायज्ञ सुरु, मकवानपुरगढी लाई धार्मिक क्षेत्र बनाउछौँ : सांसद बर्तौला
मकवानपुरगढी। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा आजबाट श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु भएको छ । नाग पञ्चमीको दिनबाट सुरु भएको महायज्ञलाई नेपाल सरकारका मुख्य सचेतक महेशकुमार बर्तौलाले समुद्घाटन गरेका हुन । महायज्ञ समुद्घाटन गर्दै बर्तौलाले सिङ्गो मकवानपुरगढीलाई पर्यटन र धार्मिक क्षेत्र बनाउने बताए । जलेश्वर महादेवधामलाई थप विकास गर्दै...
अनलाइन ठगी आरोपमा पक्राउ परेका ९ भारतीय सार्वजनिक
अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा मकवानपुर प्रहरीले ९ जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष सूचनाको आधारमा सोमबार साँझ हेटौंडा ४ पारिजातपथमा रहेको प्रमोद वाग्लेको घरबाट उनिहरुलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक सिताराम रिजालले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।...
मानब सेवा आश्रमले फेरिदियो जानकीको जिवन
हेटौंडा। हेटौंडाको मानव सेवा आश्रम, जहाँ सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवस सहयोगापेक्षीहरु उद्धार पछि आश्रय लिईरहेका छन् । विभिन्न पृष्ठभूमिबाट सडक सम्म पुग्न बाध्यहरु जो सरकारी जागीरे, रोजगारीको सिलसिलामा बिदेशीएका देखि बृटिस आर्र्मी सम्म छन् । जसमध्यकी एक हुन् जानकी गजुरेल महर्जन, जसको यात्रा विदेश, सडक,...
बागमती प्रदेशमा १३ मन्त्रालय, १४ मन्त्री
१३ ओटा मन्त्रालय रहेको बागमती प्रदेशमा एक मन्त्री थप भएका छन् । शनिबार ४ मन्त्रीले सपथ लिएसंगै बागमती प्रदेशमा अब मन्त्रीको संख्या १४ पुगेको छ । यससंगै प्रदेशको मन्त्रीमण्डलले पूर्णता पाएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले थप ४ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।...
‘१५ जनाले पाए मकवानपुर स्मार्ट स्टुडेन्ड अफ द इअर २०८१’ को छात्रवृत्ति
रिद्धिसिद्धि सिमेन्टले १५ जना विद्यार्थीलाई ‘मकवानपुर स्मार्ट स्टुडेन्ड अफ द इअर २०८१’ को छात्रवृत्ति प्रदान गरेको छ । रिद्धिसिद्धिले तोकेको मापदण्ड पुरा गरी ‘मकवानपुर स्मार्ट स्टुडेन्ड अफ द इअर २०८१’ मा नवोदय शिशु सदनका अदिस लम्सालले ८५.४८ नम्बर ल्याएर प्रथम, ज्ञानोदय बालबाटिका एकेडेमीका सुमिन मानन्धर ८३.०८ नम्बर ल्याएर दोस्रो...
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित नौ मन्त्रीले लिए पद तथा गोपनियताको सपथ
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित नौ मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । बुधबार प्रदेश प्रमुख कार्यालयमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंङ लामा सहितका अन्य नौ मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो । उहाँहरुलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराउनु भएको...










