Banner News

नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

काठमाडौं । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । । प्रधानमन्त्री कार्कीले आईतवार विहान साढे ११ बजे सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गरिएको छ । उहाँ शनिवारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आउनुभएको छ...

जेन—जी आन्दोलन असरः ‘नेपाल असुरक्षित रहेछ, अब कहिल्यै आउँदैनौँ’

काठमाडौं । जेन—जीको आन्दोलनले उग्र रूप लिँदा देशका धेरै सरकारी र निजी क्षेत्रका संरचना आगोले डढेर खरानी बनेका छन् । यो घटनाले कति मात्रामा क्षति भयो भनेर अहिले नै तथ्यांक आउने अवस्था छैन । यी संरचनाहरूलाई पुरानै स्थितिमा फर्काउन धेरै समय लाग्नसक्ने स्पष्ट छ । यो आन्दोलन र घटना...

कर्फ्यु तथा निषेधाज्ञा खुल्ला गरेपछि हेटौंडामा जनजीवन सामान्य बन्दै

हेटौंडा । अन्तरिम सरकार गठनसँगै देशभर झै हेटौंडामा पनि जनजीवन सामान्य बनेको छ । आन्दोलनपछिको तनावपछि नेपाली सेनाले सुरक्षा व्यवस्थाको नेतृत्व लिएको थियो । अन्तरिम सरकार गठन पश्चात् नेपाली सेनाले कर्फ्यु तथा निषेधाज्ञा खुल्ला गरे पछि देशभर झै हेटौंडामा पछिल्ला दिनमा देखिएको अस्थिर अवस्था क्रमशः सुधार हुँदै गएको छ...

शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जालको प्रदर्शन

शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले प्रदर्शन गरेको छ । शुक्रवार नेपाल बार एशोसिएशन परिसरमा भेला भएर उनीहरूले संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिन सुझाव दिएका हुन् । जेनजी आन्दोलनपछि राज्यविहिनताको अवस्था आएको र यसको समाधानका लागि अन्योलता देखिएको बताउँदै पापडले यस्तो सुझाव दिएको छ ।

जेन जी आन्दोलनले प्रमुख राजनीतिक दलका पार्टी कार्यलय ध्वस्त

जेन जी आन्दोलनका प्रदर्शनकारीको निशानामा सरकारी संरचना, राजनीतिक दलका कार्यलय, राजनितिक दलका नेताहरुको घर र व्यापारिक कम्प्लेसहरु परेका छन् । भ्रष्टाचार विरुद्धको आन्दोलनको नारा लिएर सडकमा उत्रिएका युवाहरुले भदौ २४ गते सिंहदरबार, संसद भवन लगायतका सरकारी संरचनासँगै देशका प्रमुख राजनितिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) को...

जेन–जी भन्छन्– अब हामी विदेश जान नपरोस्

जेन–जी पुस्ताको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएसँगै जनस्तरमा सकारात्मक धारणा देखिएको छ । जेन–जी पुस्ताको आन्दोलनपछि सरकार ढलेसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार कार्कीलाई संविधानको धारा ६१ (४) अनुसार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । मुलुकको...

मिथिलाञ्चलमा नहाय खाय विधिसँगै जितिया पर्व शुरु

मिथिलाञ्चलमा नहाय खाय विधिसँगै जितिया पर्व शुरु भएको छ । मिथिलाञ्चलमा व्रतालु महिलाहरु जलाशयमा स्नानादी गरी घिरौँलाको पातमा तोरी वा सर्सोको तेल र पिना चढाएर जिमूतवाहन देवताको पूजा गरी जितिया पर्वको प्रारम्भ गरेका हुन् । आजै कोदोको रोटी र माछा खाने परम्परा छ । जसलाई मैथिल समुदाय माछमरूवा भन्छन्...

अन्तरिम सरकार गठनसँगै जनजीवन सामान्य बन्दै

अन्तरिम सरकार गठनसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बनेको छ । काठमाडौं उपत्यकामा अहिले जनजीवन सामान्य बन्दै गएको हो । सुरक्षार्थ खटिएका नेपाली सेनाहरु अहिले सडकमा छैनन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एवं ट्राफिक प्रहरीले सडकमा सुरक्षा दिइरहेको छ भने यातायात व्यवस्थापनको काम पनि गरिरहेको छ ।...

अर्थशास्त्री भन्छन्–जेन्जीको आन्दोलनले पुँजीवादको जालो भत्काउन सहयोग गरेको छ

अर्थतन्त्रका जानकारहरुले जेनजीको प्रदर्शन बेथिती, कुशासन र भ्रष्टाचारविरुद्ध भएकाले यो समयलाई कोर्स करेक्सनको रुपमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । ‘वर्तमान अवस्थामा अर्थतन्त्रका चुनौती र अबको बाटो’ विषयक आज भएको भर्चुअल अन्तरक्रियामा उनीहरुले अब पनि पुरानै शैलीमा अघि बढ्न नहुने बताउनु भयो । नेपाल सरकारका पूर्वअर्थसचिव रामेश्वर खनालले भ्रष्टाचारका विरुद्ध...

मुख्यसचिव अर्याल भन्छन्ः ‘जेन–जीको मागअनुसार बन्ने नागरिक सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ’

मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताउनुभएको छ । शुक्रवार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरुको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यसचिव अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताउनुभएको हो । अर्यालले मुलुकका अत्यावश्यक सेवाहरू अबाधित रूपमा सञ्चालन भइरहेको र सेवाप्रवाहलाई...