Banner News

बलिदान गरेर आएका राजनीतिक दलहरुलाई निषेध गर्नेकुरा स्वीकार्य हुँदैनः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिदान गरेर आएका राजनीतिक दलहरुलाई निषेध गर्नेकुरा स्वीकार्य हुन नसक्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्रमा राजनीतिक दलहरुलाई कमजोर बनाएर, निषेध गरेर लोकतन्त्र अघि बढ्न नसकिने बताउनु...

जेन—जी आन्दोलनमा ज्यान गुमाएको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो

जेन—जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको शोकमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको छ । बुधवार सिंहदरबारसहित सरकारी कार्यलय, कुटनीतिक नियोगहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको हो । सरकारले जेन जी आन्दोलनमा सहादत प्राप्त गरेकाहरुमा शोक व्यक्त गरिएको हो । सरकारले शोक दिवसमा बुधवार (आज) सार्वजानिक विदा समेत दिएको छ ।...

जेन—जी आन्दोलनको क्रममा भएका क्षतिको आँकडा चाँडै सार्वजनिक हुन्छः मन्त्री घिसिङ

ऊर्जा, जलश्रोत तथा सिंचाई एवं भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको आँकडा चाँडै सार्वजनिक गर्ने बताउनुभएको छ । बुधवार अपरान्ह सो आन्दोलनको क्रममा आगजनीले क्षतिग्रस्त संघीय संसद भवनको अवलोकन गर्ने क्रममा उहाँले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो । काठमाडौंमा मात्रै नभएर...

जेन जी आन्दोलनमा अधिक बल प्रयोग भयो, निष्पक्ष छानविन गर्नुपर्छः गृहमन्त्री अर्याल

काठमाडौं । गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश शर्माले जेनजी आन्दोलनको क्रममा भएको बल प्रयोगको घटनालाई छानविन गर्नुपर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । सोमवार सिंहदरवारमा पदभार ग्रहण गरेलगत्तै उहाँले कर्मचारीहरुलाई निर्देशन दिने क्रममा सो कुरा बताउनुभएको हो । जेनजी आन्दोलनपछि मुलुकलाई सामान्य अवस्था फर्काउन...

जेन जी आन्दोलनको प्रभावः अर्थ मन्त्रालयले गुमायो ‘प्रिफ्याव’ भवनसहित दर्जनौँ सवारी साधन

काठमाडौं । जेन जी आन्दोलनका क्रममा अर्थ मन्त्रालयले ठूलो क्षति व्यहोर्नुपरेको छ । मन्त्रालयले संकलन गरेको प्रारम्भिक विवरणअनुसार अर्थ मन्त्रालयको बजेट महाशाखा रहेको प्रिफ्याव भवन पूर्णरुपमा क्षति भएको छ । अर्थ मन्त्रालयका १६ वटा चारपांग्रे सवारी साधन, ३६ वटा मोटरसाइकल र १८ वटा स्कुटर पूर्ण रुपमा क्षति भएका छन्...

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सकारका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमवार बिहान नवनियुक्त मन्त्रीहरु कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोनपनीयताको शपथ गराउनुभएको हो । प्रधानमन्त्री कार्कीले आईतवार घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार...

प्रधानमन्त्री कार्कीको प्रश्नः सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने ?

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको अत्यन्त आवश्यक संस्थाहरु छानीछानी आगजानी गरिएको बताउनुभएको छ । सिंहदरबारमा आईतवार प्रधानमन्त्रीको पदभार ग्रहणपश्चात आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरुमा आजगानी हुँदा महत्वपूर्ण कागजातहरु नष्ट भएको बताउनु भयो । यहाँले यो देखेर आफूलाई लाज लागेको...

युवा पुस्ताको सोच बमोजिम काम गर्नेछुः प्रधानमन्त्री कार्की

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको सोच अनुसार आफूले काम गर्ने बताउनुभएको छ । जेन—जी आन्दोलनका क्रममा युवा पुस्ताहरुले २७ घण्टाको आन्दोलनबाट विश्वमा नै नभएको कायापलट नेपालमा गरेको उल्लेख गर्दै उहाँले उनीहरुको सोचअनुसार आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले...

‘आगजनीबाट क्षति भएको निजी क्षेत्रलाई सफ्ट लोन दिएर भएपनि सहयोग गर्छौं’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिप्रति दुःख व्यक्त गर्दै अब अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने बताउनुभएको छ । आज पदभार ग्रहणपछि सचिवहरुसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको आँकलन गरी सफ्टलोनदेखि अन्य सहयोग गर्न सरकार तयार हुने...

जेन–जी आन्दोलनमा मृत्यु भएकालाई सरकारले गर्‍यो शहीद घोषणा

काठमाडौं । जेन–जी पुस्ताको आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरेको छ । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दै आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णयमा हस्ताक्षर गर्नुभएको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिनुभयो । २३ र २४...