Banner News

काठमाडौं उपत्यकामा जनजीवन सामान्य बन्दै

काठमाडौं उपत्यकासहित देशभर जनजीवन सामान्य बन्दै गएको छ । आन्दोलनपछि नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएको हो । नेपाली सेनाले कफ्र्यु खुकुलो बनाएसँगै पसलहरुबाट सामान खरिद गर्न, अत्यावश्यकका काममा घर बाहिर मानिसहरु निस्किएका छन् ।  बिहान ६ बजेदेखि ११ बजेसम्म हिँडडुलका लागि वातावरण...

कर्फ्यु हटेसँगै रुपन्देहीको जनजीवन सामान्य बन्दै

कफ्र्यु हटेसँगै रुपन्देहीको जनजीवन सामान्य बन्दै गएको छ । लामो र छोटो दूरीका सवारीसाधनहरु पनि कफ्र्यु हटेसँगै सञ्चालन हुन थालेका हुन् । भ्रष्टाचार र बेथितिका विरुद्ध जेन जी पुस्ताले गरेको आन्दोलनपछि देशको अवस्था नियन्त्रण बाहिर गएको थियो । सुरक्षा चुनौति बढेसँगै नेपाली सेनाले सुरक्षाको जिम्मा लिएर अहिले पनि सुरक्षा...

जेन जी पुस्ताको आन्दोलनपछिको आगजनी र तोडफोडबाट खण्डहर भए कास्कीका सरकारी कार्यालय

जेन जी पुस्ताले गरेको आन्दोलनपछि भएको आगजनी र तोडफोडपछि पोखराका जिल्ला प्रशासन कार्यालयसहित सरकारी कार्यालयहरु खण्डहर भएका छन् । प्रदेश लोकसेवा कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, कारागार कार्यालय, कास्की जिल्ला अदालतको अवस्था दयनीय छ । सबै सरकारी कार्यालय भग्नावशेषमा परिणत भएका छन् । आगजनी कारण भएको क्षति मूल्यांकन समेत हुन...

मकवानपुरमा जेनजी आन्दोलनबाट ३३ संरचना खण्डहरमा परिणत

हेटौंडा । देशभर भएको जेनजी आन्दोलनले देशभर झैं मकवानपुरमा पनि ठूलो विध्वंस मच्चाएको छ । भ्रष्टाचार, सरकारी व्यवस्था र सामाजिक अन्यायविरुद्ध उठेका युवाहरूको आन्दोलनले सरकारी तथा सार्वजनिक संरचनामा आगजनी र तोडफोड भएको छ । भदौ २३ गते आन्दोलन उत्कर्षमा पुग्दा मकवानपुर जिल्लामा मात्रै ३३ वटा सरकारी, राजनीतिक,सार्वजनिक तथा निजी...

हेटौंडामा जनजीवन सामान्य बन्दै

हेटौंडामा पछिल्ला दिनमा देखिएको अस्थिर अवस्था क्रमशः सुधार हुँदै गएको छ । आन्दोलनपछिको तनावपछि नेपाली सेनाले सुरक्षा व्यवस्थाको नेतृत्व लिएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन थालेको हो । नेपाली सेनाले कफ्र्युमा केही खुकुलोपन ल्याएको छ । बिहान ६ बजेदेखि १० बजेसम्म अत्यावश्यक कामका लागि नागरिकलाई बाहिर निस्कने अनुमति दिइएको छ...

संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको छः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिने प्रयास भईरहेको बताउनुभएको छ । विहीवार एक विज्ञप्ति जारी गर्दै उहाँले यस्तो जानकारी दिनुभएको हो । उहाँले देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर र लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विचार विमर्श...

आन्दोलनको क्रममा भागेका कैदीबन्दीहरूमध्ये १६६ जना नियन्त्रणमा

हेटौंडा । आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरूमध्ये हालसम्म १६६ जना पक्राउ परेका छन्। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त सुराकी तथा कारबाहीका आधारमा देशका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। मकवानपुर जिल्लाको भिमफेदी कारागारमा एक नाबालक सहित १ हजार ६६ कैदी संख्या रहेकोमा ४...

जेन-जी आन्दोलनमा घाईते भएका ३५ जनाको निजामति कर्मचारी अस्पतालमा शल्यक्रिया

बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा जेन जी आन्दोलनमा क्रममा घाईते भएका ३५ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालका प्रशासकिय अधिकृत रञ्जना नेपालका अनुसार अस्पतालमा आएका ४ सय ३६ जनामध्ये ४८ जनको भर्ना गरिएको थियो । सोमध्ये ३५ जनाको शल्यक्रिया गरिएको हो । उहाँकाअनुसार उपचारको लागी ४४ जनालाई अन्य अस्पचालमा रिफर...

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यलयले बुधवार एक विज्ञप्ति जारी गरी अर्को सूचना नभएसम्मको लागि विमानस्थल बन्द रहने जनाकारी दिएको हो । उपत्यकामा जारी निषेधाज्ञा, कफ्र्यूआदेश, उपत्यका भित्रको विषम परिस्थिति लगायत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको...

डिल्लीबजार कारागार तनावग्रस्त

काठमाडौं डिल्लीबजार चारखालस्थित कारागार तनावग्रस्त भएको छ । कैदीहरुले ढुंगामुढा र आगजनी गरेर भाग्ने प्रयास गरेपछि कारागार तनावग्रस्त भएको हो । कारागारभित्रबाट कैदीहरु बाहिर निस्किएपछि नेपाली सेनाले हस्तक्षेप गरेर गेटमै रोकेको छ । अन्य कारागारबाट कैदीबन्दी छुटेका कारण आफूहरू पनि छुट्न पाउनुपर्ने माग उनीहरूको छ । काराकारलाई सेनाले नियन्त्रणमा...