Banner News

तारकेश्वर वडा नम्बर ११ को वडा कार्यालयमा आगजनी (तस्बिरहरु)

काठमाडौं । तारकेश्वर वडा नम्बर ११ को वडा कार्यालयमा जेनजीहरुले आगो लगाएका छन् ।

दोस्रो दिन  जेन जी प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । आन्दोलनको दोस्रो दिन बिहानैदेखि काठमाडौंका विभिन्न स्थानमा जेन जी पुस्ताले प्रदर्शन गरी रहेका छन् । जेन जी पुस्ताले काठमाडौं उपत्यकासहित देशभर नै आन्दोलन चर्काउँदै लागेका छन् ।

जेन–जी आन्दोलनः विपक्षी दलहरूले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको विपक्षी दलहरूको मंगलवारको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै...

कर्फ्यु आदेश अवज्ञा गर्दै आज बिहानैदेखि जेनजीको प्रदर्शन सुरु

काठमाडौं ।  नयाँ पुस्ताका युवा (जेनजी)हरुले कर्फ्यु आदेश अवज्ञा गर्दै आज बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् । उनीहरु नयाँबानेश्वरको संसद भवन अगाडि भेला भएर प्रदर्शनमा उत्रिएका हुन् । हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफ्न्तहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । बानेश्वरको संसद...

प्रधानमन्त्री ओली द्धारा दुख व्यक्त , सामाजिक सञ्जाल माथिको प्रतिवन्ध हटाईयो

काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भएको भन्दै दुख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले सोमबार सांझ बालुवाटारमा मन्त्रीपरिषद् बैठक सकिएपछि आफ्नो भनाई विज्ञप्ती मार्फत सार्वजनिक गर्दै सरकारले सामाजिक सञ्जाल नियमन गर्न सरकारले गरेको...

हेटौडामा जेनजीकाे प्रदर्शन

हेटौंडा । जेनजीहरूले देशभरजस्तै आज हेटौडामा पनि प्रदर्शन गरेका छन्। बन्द गरेका सामाजिक सञ्जालहरू खोल्नुपरे र देशमा भ्रष्टाचार अन्त्य हुनुपर्ने जस्ता नाराहरू लगाएर उनीहरुले आन्दोलन गरेका थिए हेटौडाको बुद्धचोकमा सयौँको सङ्ख्यामा युवाहरू आन्दोलनमा उत्रिएका थिए । हेटौडा लगायतका देशका ७७ वटै जिल्लामा जेनजी समूहले प्रदर्शन गरेको हो। जेन्जीहरुले देशमा...

देशभर जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ ,३ सय ४७ जना घाइते

काठमाडौं । जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् । काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको...

नागरिकको प्रजातान्त्रिक अधिकारको अभ्यास सुनिश्चित गर्न राष्ट्रसंघको आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपालमा नागरिकले प्रजातान्त्रिक अधिकारको अभ्यास गर्ने कुरालाई सुनिश्चित गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघकी नेपाल आवासीय संयोजक हना सिंगर–ह्याम्डीले सामाजिक सञ्जाल एक्समार्फत यस्तो आग्रह गरेकी हुन् । आजको जेनजी प्रदर्शनमा प्रदर्शनकारीहरूको मृत्यु भएको तथा घाइते भएको घटनाले आफू साह्रै दुखी भएको उनले बताएकी छन्...

गृहमन्त्री रमेश लेखकले दिए पदबाट राजीनामा

काठमाडौं। जेनजी पुस्ताको प्रदर्शनमा कम्तीमा १९ जनाको ज्यान जाने गरी भएको नृशंक दमनपछि गृहमन्त्री रमेश लेखक राजीनामा दिएका छन् । पार्टीबाहिर मात्र नभई पार्टीभित्रैबाट पनि राजीनामाको दबाब आएपछि अन्ततस् उनी पद त्याग गर्न तयार भएका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार आकस्मिक रूपमा पदाधिकारीको बैठक बोलाएका थिए। जहाँ...

जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुग्यो

काठमाडौं । आज जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ९ पुगेको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शन हिंसात्मक बन्न पुग्यको थियो । यसैगरी सिभिल...