प्रदेश समाचार
बागमती प्रदेशको बजेट आज सार्वजनिक हुँदै
हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि आज बजेट सार्वजनिक गर्ने भएको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेशसभाको आज दिउँसो बस्ने बैठकमा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको बताएका छन् । प्रदेश सरकारले आगामी वर्षका लागि ल्याउन लागेको बजेटमा पूर्वाधार विकासलाई...
बागमतीमा आर्थिक बर्षदेखि ८ वटा मन्त्रालय कायम
हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाई ८ वटा कायम गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल रहेका १४ वटा मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्ने निर्णय गरेको हो । खर्च कटौती र आर्थिक मितव्ययिता अपनाउने उद्देश्यले मन्त्रालय संख्या घटाइएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला...
बागमती प्रदेशमा आलोपालो नेतृत्व कार्यान्वयनको विषयमा एमालेको दबाब
हेटौंडा । बागमती प्रदेशमा सत्ता साझेदार दलहरूबीच भएको आलोपालो नेतृत्वको सहमति कार्यान्वयन गर्न नेकपा एमाले ले दबाब बढाएको छ। चैत मसान्तपछि सरकारको नेतृत्व परिवर्तन गरी एमालेले नेतृत्व लिनुपर्नेमा पार्टीले स्पष्ट अडान राखेको हो। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया ले हाल इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार परिवर्तन गरी...
जेन–जी आन्दोलनमा क्षति पुगेका बागमती प्रदेशका भौतिक संरचनाको मर्मत अन्तिम चरणमा, मन्त्री देवकोटाद्वारा निरीक्षण
हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति पुगेका प्रदेशका भौतिक संरचना तथा सरकारी कार्यालयहरूको मर्मतसम्भार कार्यको स्थलगत अनुगमन गर्नुभएको छ । मङ्गलबार मन्त्री डा. देवकोटासहितको टोलीले हेटौंडास्थित ४ वटा मन्त्रालय रहेको पाँचतले भवन, बागमती प्रदेशका प्रमुख सचिवको निवासलगायत क्षतिग्रस्त भवनहरूको निरीक्षण...
बागमती प्रदेशमा सडक निर्माणसँगै जीविकोपार्जन कार्यक्रम लागू गरिँदै
हेटौंडा । बागमती प्रदेश सरकारले सडक पूर्वाधार निर्माणलाई अब अनिवार्य रूपमा स्थानीय उत्पादन र जीविकोपार्जनसँग जोड्ने नीति अघि सारेको छ । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले सडकले सहरको सामान गाउँ पुयाउने तर गाउँको उत्पादन सहर नल्याउने हो भने त्यसले परनिर्भरता मात्र बढाउने बताउनुभएको छ। ‘प्रादेशिक सडकमार्फत...
प्रदेश सरकारद्वारा सार्वजनिक पूर्वाधारमा सर्वसुलभ (युनिभर्सल) डिजाइन’ निर्देशिका बनाउने प्रक्रिया औपचारिक रूपमा सुरु
हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशभित्र निर्माण हुने सबै सार्वजनिक भौतिक संरचनाहरूलाई पूर्ण रूपमा अपाङ्गतामैत्री र सबै नागरिकको सहज पहुँचयोग्य बनाउन ‘सार्वजनिक पूर्वाधारमा सर्वसुलभ (युनिभर्सल) डिजाइन’ निर्देशिका बनाउने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सोमबार हेटौंडामा आयोजना गरेको विशेष कार्यशाला तथा कार्यदलको पहिलो...
लाइसेन्स छाप्न सुरक्षण मुद्रण विभागको अनुमति कुर्दै प्रदेश सरकार
हेटौंडा । बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको प्रक्रिया सहज बनाउनका लागि अत्याधुनिक क्षमता भएको ५ थान मुद्रण मेसिन खरिद गरी स्थापनासमेत गरेको छ। उक्त एउटा मेसिनले प्रतिघन्टा करिब १५० वटा सवारी चालक अनुमति पत्र छाप्न सक्ने क्षमता राख्दछ। तर, सुरक्षण मुद्रण विभागबाट अनुमति नआएकाले खरिद...
जेन–जी आन्दोलनबाट बागमती प्रदेशसभा भवनमा ३० देखि ३५ करोड बराबरको क्षति
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा जेन–जी आन्दोलनबाट प्रदेश सभा भवन पुर्ण रुपमा क्षति ग्रस्त बनेको छ । प्रदेश सभाको हालै संचालनमा ल्याईएको अस्थायी भवन र पुरानो भवन दुबै जेनजीको निसानामा परेको थियो। प्रदेश सभा भवन क्षति ग्रस्त हुदाँ ३० देखि ३५ करोड बराबरको क्षति भएको आकलन गरिएको छ...
बागमतीमा अब १० लाखभन्दा माथिका योजना टेन्डरबाटै
बागमती प्रदेश सरकारले विकास निर्माणका योजनामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न ठूला योजनाहरूमा उपभोक्ता समितिको सट्टा ठेक्का प्रणाली अनिवार्य गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा सार्वजनिक निर्माणसम्बन्धी आयोजना कार्यान्वयन मार्गनिर्देशन पारित गर्दै अबदेखि १० लाख रुपैयाँभन्दा माथिका सबै योजना टेन्डर...
बागमतीमा ९६ हजारभन्दा बढी गाईभैँसीलाई लगाइयो लम्पी स्किन विरुद्धको खोप
बागमती प्रदेशमा तीव्ररूपमा फैलिरहेको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले चलाएको सप्ताहव्यापी खोप अभियान अन्तरगत प्रदेशभर ९६ हजार ३ सय ४७ वटा गाई तथा भैँसीलाई खोप लगाईएको छ । लम्पी स्किन रोगले गाई तथा भैँसीको छालामा गाँठा वा फोका देखिने, उच्च ज्वरो आउने, दूध उत्पादनमा गिरावट...










