माैसम
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा
चितवन । निरन्तर वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ । आज बिहान तुइनखोला र पानीधार क्षेत्रमा एक्कासी ढुङ्गासहितको पहिरो झर्दा सडक पूर्ण रूपमा बन्द भएको थियो । पहिरो खसेलगत्तै सुरक्षाकर्मी र सडक डिभिजनको टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक चरणमा तुइनखोलामा एकतर्फी रूपमा मात्रै...
देशभर तापक्रम बढ्दै
काठमाडौं– देशको अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांकलाई हेर्दा स्थानमा सामान्य उतारचढाव मात्रै देखिएको छ । विभागले सार्वजनिक गरेको विवरणअनुसार तराई तथा मधेसका धेरैजसो सहरमा तापक्रम क्रमशः बढ्दै गएको छ । राजधानीमा फागुन २६ गते अधिकतम तापक्रम २०–२२ डिग्री सेल्सियस...
पूर्वी नदीहरूमा बाढीको उच्च जोखिम, सतर्क रहन विज्ञको आग्रह
काठमाण्डौं । कोशी, तमोर, अरुण र सुनकोशी नदीमा बहाव खतरा तहभन्दा माथि पुगेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यी नदीहरूमा लगातारको वर्षाले गर्दा जलस्तर उच्च भएको हो। यसैगरी, बागमती र कमला नदीमा भने जलस्तरमा केही घट्ने संकेत देखिएको छ। तर, पूर्वी तथा तराई क्षेत्रका विभिन्न स–साना नदीहरूमा...
काठमाडौँ महानगरभित्रका विद्यालयहरूमा बाढी प्रभावितको आश्रय, ७० विद्यालय तयारी अवस्थामा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका पाँच वटा विद्यालयमा बाढीको जोखिममा परेका नागरिकहरूलाई सुरक्षित रूपमा आश्रय दिइएको छ। महानगरपालिकाको शिक्षा विभागका अनुसार, तत्कालका लागि महानगरभित्रका ७० वटा विद्यालयलाई आश्रयस्थल (सेल्टर) का रूपमा प्रयोग गर्न सकिने तयारी गरिएको छ। प्रभावित परिवारहरूका लागि खाने र बस्ने व्यवस्था काठमाडौँ महानगरपालिकाले गरिरहेको छ। विश्व निकेतन,...
सडक अवरुद्धसम्बन्धी अपडेट : पहिरो र पानीको बहावका कारण तीन स्थानमा असर
मकवानपुर । लगातार वर्षाका कारण मकवानपुर जिल्लाको विभिन्न स्थानका सडकहरू प्रभावित भएका छन्। केही स्थानमा सडक सुचारु भइसकेको छ भने अन्यत्र अझै खुलाउन समन्वय जारी रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ। १. फाखेल–हुमाने सडक खुल्यो २०७८ असोज १८ गते दिउँसो १:०० बजे इन्द्रसरोवर गाउँपालिका–४, महालक्ष्मी खोलानजिकको फाखेल–हुमाने–काठमाडौं...
तीन दिनसम्म देशभर भारी वर्षा ,’ लामो दूरीका सवारी साधन बन्द
काठमाडौँ । आगामी तीन दिनसम्म देशभर सम्भावित भारी वर्षाका कारण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका सवारी साधन बन्द गर्ने निर्णय गरेको छ। जल तथा मौसम विज्ञान विभागले दिएको पूर्वानुमान अनुसार असोज १८, १९ र २० गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना...
मधेस प्रदेशमा संरक्षण पोखरीको महत्व (तस्बिरहरु)
काठमाडौं । लामो समयसम्म वर्षा नभएर सुख्खा बनेको मधेस प्रदेशमा अहिले संरक्षण पोखरीहरुको महत्व बढेको छ । विशेष गरेर चुरे क्षेत्रका संरक्षित प्राकृतिक तालतलैया र बायो इन्जिनियरिङ पद्धतिबाट वर्षामा बगेर जाने पानी संरक्षण गर्ने गरिएका स्थानका पानीका स्रोतहरुमा स्थानीयहरुको ध्यान केन्द्रित हुन थालेको छ । मधेस प्रदेशमा चुरे क्षेत्रका...
‘अबको बर्खामा नागढुंगा–मुग्लिङ सडकखण्डमा यात्रुले सास्ती खेप्नुपर्ने छैन’
काठमाडौं । एक वर्षअघि नागढुंगा—मुग्लिङ सडकखण्ड अन्तर्गतको झ्याप्ले खोलामा पहिरो खस्यो । जसकारण ठूलो मानवीय क्षति भयो । ३५ जनाले अकालमै ज्यान गुमाए । देशलाई नै शोकमा बदल्ने त्यो घटनापछि नागढुंगा–मुग्लिन सडक खण्डमा अहिले पहिरो रोकथामदेखि सडकनिर्माणको काम तिब्र गतिमा भइरहेको छ । नागढुंगा–नैबिसेको पहिलो प्याकेज अन्तर्गत चिनियाँ कम्पनी...
दिउँसो १ बजे केन्द्रीय सुरक्षा समितिको बैठक
काठमाडौं । गृह मन्त्रालयले आज दिउँसो १ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ । वर्षा र बाढीका कारण मुलुकका विभिन्न जिल्लामा विपत्तिबाट क्षति पुगेपछि बैठक बोलाएको हो । रसुवामा बाढीका कारण नागरिक सम्पर्कविहीन हुनाका साथै धनमालको क्षति भएको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकले दिउँसो मन्त्रालयमा उद्धार, खोज तथा...
रसुवा बाढीमा १८ जना बेपत्ता
काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवामा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तरगत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत् प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा पनि रहेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९...









