सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

संवाददाता
२०८३ जेष्ठ २५, सोमबार ११:३८

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९९ हजार ९०० रुपैयाँ कायम छ । आइतबार छापावाल सुन प्रतितोला तीन लाख ८०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला चार हजार ९०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*