विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक नियन्त्रणमा

संवाददाता
२०८३ जेष्ठ १७, आईतवार ०९:०६

हेटौंडा । मकवानपुर प्रहरीले विद्यार्थी कुटपिट गरेको आरोपमा एक शिक्षकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीस्थित तासिर इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुल का सामाजिक शिक्षा शिक्षक अच्युत ओझा ले कक्षा ८ मा अध्ययनरत १२ वर्षीय एक विद्यार्थीलाई कक्षाकोठामै कुटपिट गरेको आरोप लागेको छ।

पीडित विद्यार्थीका परिवारले बालबालिकाविरुद्धको कसुर सम्बन्धी मुद्दामा जेठ १६ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।

प्रहरीले शिक्षक ओझालाई उनकै घरबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएको जनाएको छ।

घाइते विद्यार्थीको चितवन मेडिकल कलेज मा उपचार भइरहेको छ। प्रारम्भिक जानकारीअनुसार विद्यार्थीको टाउकोमा मध्यम प्रकृतिको चोट लागेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*