रास्वपा सांसद केपी खनालको तीनतले घर विवाद , डोजर चल्न नदिने उनको अडान
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद केपी खनालको तीन तले घरलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् ।
घरको लालपुर्जा र नक्सापास नभएको दाबी सार्वजनिक भएपछि सांसद खनालले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले आफू देशमै केही गर्ने उद्देश्यका साथ अघि बढिरहेको अवस्थामा परिवारको कमाइमाथि प्रश्न उठाइएकोप्रति दुःख व्यक्त गरेका छन्।
खनालका अनुसार उक्त घर कुनै सार्वजनिक वा सरकारी जग्गामा बनेको होइन, तर दशकौँदेखि बसोबास गर्दै आएको जग्गामा निर्माण गरिएको हो, जसको लालपुर्जा भने छैन। उनले पहाडमा आफ्नो नाममा नम्बरी जग्गा रहेको पनि बताएका छन्।
आयस्रोतबारे स्पष्ट पार्दै उनले भनेका छन् कि विगत १० वर्षदेखि भारतमा आमा–बुवाले दिनरात मेहनत गरेर कमाएको मासिक करिब भारु ५० हजारको आम्दानीबाट उक्त घर निर्माण गरिएको हो।











